१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

सोनाम ल्होछारको खान्की

तामाङ समुदायको विशेष चाड हो, सोनाम ल्होछार। माघ महिनामा पर्ने सोनाम ल्होछारलाई नयाँ वर्षको रुपमा तामाङ समुदायदले मनाउने गरेको पाइन्छ। सोनाम ल्होछारमा तामाङ क्यालेन्डर अनुसार यो वर्ष चरा वर्गबाट कुकुर वर्गमा सर्ने भएकाले नयाँ वर्षको रुपमा भव्यताका साथ मनाउने गरिन्छ।

यस वर्ष तामाङ  ल्होछार आउँदो मंगलबार परेको छ। तामाङ समुदायले आफ्नो जातीय पहिरन, सांस्कृतिक कार्यक्रम र थरीथरीका तामाङ खान्कीहरु खाएर मनाउने गरिन्छ। यति बेला तामाङ परिकार खानको लागि स्वयम्भूस्थित ‘तामाङ कुदाप’ रेस्टुरेन्टमा मानिसको लर्को लागेको देख्न सकिन्छ। तमाङ समुदायको थरीथरीका परिकारको स्वाद चाख्न पाइने सञ्चालक डिबी तामाङ बताउँछन्।

तामाङ समुदायका खानाका परिकारको संकलन गर्दै बनाउन व्यस्त रहेको उनले बताए। ‘सोनम ल्होछार हाम्रो मुख्य पर्व हो, तमाङ समुदायको कला संस्कृती, मौलिक खानाको संरक्षणको लागि तामाङ कुदाप खोलिएको हो,’ उनले भने। तामाङ समुदायको जमघट हुने थलोको रुपमा स्थापित गरिएको तामाङ कुदापमा तामाङका परिकारहरु खानसकिने उनी बताउँछन्। समाजको आधुनीकरणसँगै अर्काको नक्कल गर्ने प्रवृत्ति बढ्दो देखिएको उनी बताउँछन्। उनी भन्छन्, ‘हाम्रो आफ्नै संस्कृति, मौलिक खानाका परिकारहरु हराउँदै जाने र बाह्य संस्कार, खानाहरुमा रम्दै गएको अवस्थालाई चिर्न संस्कृतिको जगेर्नाको लागि यो अभियान थालिएको हो।’ सोनाम ल्होछारमा तामाङ समुदायमा खाइने विशेष खानाका परिकारहरु तामाङ कुदापमा खान सकिन्छ।

प्रकाशित: १८ माघ २०७५ ०३:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App