१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

अनशनकाे औचित्य समाप्त भएकाे छ : मन्त्री बाँस्काेटा

तस्बिर : दिनेश/नागरिक

काठमाडाैं - सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले डा. गोविन्द केसीको अनशनको औचित्य समाप्त भएको बताएका छन्। मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न सिंहदरवारमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री बाँस्कोटाले दुवै सदनले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक बहुमतले पारित गरिसकेको अवस्थामा अब अनशनको औचित्य समाप्त हुने बताए। उनले भने 'दुवै सदनबाट विधेयक पारित भएपछि अनशन वेमतलव भएको छ, औचित्य समाप्त भएको छ।'

सरकारले डा केसीको अनशनको व्यवास्ता नगरेको बताउँदै उनले वेमतलव गरेको भए संसदमा विधेयक कसरी पेश हुन्थ्यो भन्दै प्रश्न गरे। उनले प्रतिपक्षीले केपी ओलीलाई बदनाम गर्न खोजेको भन्दै डा. केसी १६ औं पटक सम्म अनशनमा बस्दा उनका माग सम्बोधन गर्न केपी ओली भन्दा बढी इनिसियसन कसले लियो भन्दै प्रश्न गरे। प्रतिपक्षी प्रति लक्षित गर्दै उनले दुई तिहाई नआएको पीडामा सरकारले मलम लगाउन नसक्ने बरु जनताले नै लगाइदिने बताए।

फरक प्रसंगमा बोल्दै मन्त्री बाँस्कोटाले सरकार एक चीन नीतिमा दृढ रहेको बताए। उनले भने 'सरकार यो नीतिमा आजदेखि होइन जमानादेखि नै दृढ रहेको छ।' उनले मित्रराष्ट्रहरुसँग 'आइडियोलोजी' का आधारमा सम्बन्ध नहुने बताउँदै समान चाँसो, आपसी हित तथा पारस्परिक सम्बन्धका आधारमा स्थापित हुने बताए। उनले आफ्नै मान्यताका आधारमा राष्ट्रहरुबीच सम्बन्ध स्थापित हुने जिकीर गरे। सरकार सधैं दुई मित्रराष्ट्रहरुसँग समान र शान्तीपूर्ण सम्बन्ध राख्दै अघि बढ्ने उनले बताए।

मन्त्रिपरिषदले माघ १४ गते गरेका निर्णयहरु : 

 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App