१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

७ छक्का मद्दतले शतक पूरा गरेका पारसले के भने?

काठमाडौं— कीर्तिपुर स्थित अन्तर्राष्ट्रि क्रिकेट मैदानमा नामिबियाविरुद्ध शतक प्रहार प्रहार गरेका कप्तान पारस खड्काले आफ्नो व्यक्तिगत प्रदर्शनभन्दा समग्र टोलीले राम्रो खेलेको प्रतिक्रिया दिएका छन्।

'नामिबिया एउटा राम्रो टोली हो। हामीले राम्रो गर्‍यौं', पारसले खेल समाप्तिपछि प्रतिक्रिया दिँदै भने, 'शतक पूरा गरेकोमा मलाई खुशी लागेको छ।'

पारसका प्रहारमा नामिबियाका खेलाडीले क्याच छोड्दा उनले शतक पूरा गर्न सकेका थिए। 'मेरो व्यक्तिगत शतकभन्दा पनि समग्र टोलीले नै राम्रो ग¥यो। मलाई यसमा खुशी लागेको छ। यसलाई हामीले निरन्तरता दिन आवश्यक छ।'

आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध उनले १०३ रनको सतकीय इनिङ खेलेका थिए। १३ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि मैदान प्रवेश गरेका पारसले विस्फोटक ब्याटिङ गर्दै ९४ बलमा १०३ रन बनाए।

सतक बनाउने क्रममा उनले ७ छक्का र ५ चौका प्रहार गरेका थिए। उनलाई गोरेन वाल्डले एलबीडब्लु धरापमा पारेर पेभेलियन फर्काए। पारस नेपालको तेस्रो विकेटको रुपमा आउट भए।

यसअघि ९१ रनको स्थितिमा पारसले जीवनदान पाएका थिए। उनले स्ट्रेट प्रहार गरेको बल बलरले क्याच लिन नसकी छोडेका थिए। ७ औं ओभरमा नरेश बुढा ऐर आउट भएपछि मैदानमा आएका शरद भेषवाकर र पारसले १६७ रनको प्रशंसनीय साझेदारी गरेका थिए।

प्रकाशित: ७ वैशाख २०७३ ०२:१० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App