१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

नेत्रहीन क्रिकेट टोली फैसलाबादमा

काठमाडौं – नेत्रहीन महिला क्रिकेट सिरिजमा सहभागी हुन नेपाली क्रिकेट टोली टोली पाकिस्तानको फैसलाबाद पुगेको छ। नेपाली टोली बुधबार लाहोरबाट फैसलाबाद पुगकोे हो।

लाहोरमा मंगलबार भएको पहिलो खेल नेपालले १० विकेटले जितेको थियो। नेपाल र पाकिस्तानबीचको दोस्रो खेल बिहीबार फैसबादस्थित इकवाल स्टेडियममा  टी–२० फम्र्याटमा हुनेछ। नेपालले फैसलाबाद पुग्नुअघि लाहोरमा बिहान १ घण्टा अभ्यास गरेको थियो।

लाहोरस्थित किन्नर्ड कलेज फर वुमन्स युनिभर्सिटीमा पहिलो खेल सहजै जितेको नेपाली टोली बाँकी खेल जित्दै नेत्रहीन महिला क्रिकेटको ऐतिहासिक सिरिज जित्ने योजनामा छ। नेपाली टिमका कप्तान भगवती भट्टराई र पाकिस्तानी टिमका कप्तान रबिअ शेहजादीले फैसलाबादमा रहेको फैसलाबाद युनिभर्सिटी स्पोर्ट्स फेस्टिवलको संयुक्त रूपमा उद्घाटन गरेका थिए।

नेपाल र पाकिस्तानबीच तेस्रो खेल शुक्रबार फैसलाबादस्थित डिभिजन पब्लिक स्कुल ग्राउन्डमा हुनेछ। फैसलाबादमा दुई खेलपछि दुवै टोली अन्तिम दुई खेलका लागि इस्लामाबाद जानेछन्। यस्तै चौथो र पाँचाैं खेल भने इस्लामाबादस्थित शालिमार क्रिकेट स्टेडियममा हुनेछ।

प्रकाशित: १७ माघ २०७५ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App