१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

‘साम्राज्यवाद’ र ‘विस्तारवाद’ले माओवादी सांसदकै टाउको दुख्यो

माअाेवादी केन्द्रका सांसद जनकराज जोशी

काठमाडौं— माओवादीले राजनीतिक प्रशिक्षण र दस्तावेजमा जहीँतहीँ प्रयोग गर्ने दुई शब्द छन्— भारतीय विस्तारवाद र अमेरिकी साम्राज्यवाद। कुनै बेला माओवादीले खुबै माया गरेर प्रचार गरेका यी दुई शब्दले एक जना माअाेवादी सांसदकै टाउको दुःखाइ दिएको छ। मंगलबार संसदमा बोल्दै उनले राष्ट्रिय अभिलेखबाट समेत ती दुई हटाउनुपर्ने माग गरे।

साम्राज्यवाद र विस्तारवादबाट टाढिने हो भने साउथ प्यासिफिकको सबैभन्दा एकान्त ठाउँ त्रिस्टान डेकुन्डामा गएर बस्न उनले सुझाव दिए। ‘यदि त्यस्तै हो भने संसारमा एकान्त कुना भनेर चिनिएिको साउथ प्यासिफिकको एकान्त कुना त्रिस्टान डेकुन्डा भन्ने ठाउँ छ त्यहीँ गएर बसौं। सायद केहीले पनि छुँदैन साम्राज्यवाद र विस्तारवादले पनि।’

नेकपा माओवादी केन्द्रका सांसद जनकराज जोशीले मंगलबार संसदमा बोल्ने क्रममा साम्राज्यवाद र विस्तारवाद भन्नु संविधानविरुद्ध हुने मन्तव्य दिएका हुन्। ‘यदि सीमा विवादलाई विस्तारवाद भन्न खोजिएको हो भने संसारमा सीमा विवाद कहाँ छैन? चीन र जापानबीच सीमा विवाद छ। अमेरिका र क्यानडाबीच सीमा विवाद छ’, उनले भने, ‘सीमा विवादलाई विस्तारवाद भन्न खोजिएको हो भने त्यसतर्फ पुनःविचार गर्नुपर्ने देखिन्छ।’

संविधानको धारा ५१ खण्ड ङ ले नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध के हुने भन्ने व्याख्या गरेको छ। सो अनुसार नेपालको अन्तर्राष्ट्रिय सम्बन्धको मूलआधार, अन्तर्राष्ट्रिय कानुन, पञ्चशील, असंलग्नता र संयुक्त राष्ट्रसंघको बडापत्र हुने र स्वतन्त्र असंलग्न परराष्ट्र नीति अवलम्ब गर्ने भन्नेछ। सांसद जोशीले संविधानको सो व्यवस्थाअनुसार कसैलाई विस्तारवादी भन्नु असंवैधानिक हुने विचार व्यक्त गरेका हुन्।

संसदमा बोल्दै उनले साम्राज्यवाद शब्द प्रयोग गर्नेहरुको पनि बिरोध गरे। ‘२१ औं शताब्दीको यो दोस्रो दशक फोर जी को जमाना हामी रबिन्सन क्रुसोको आइल्याण्डमा गएर बस्न सक्दैनौं’, उनले भने, ‘संसारमा भएका घटना परिघटनाहरुले असर गर्छ। विश्वव्यापीकरण भएको छ। त्यसमाथि पनि हामी विश्व व्यापार संगठनको सदस्य राष्ट्र, पक्ष राष्ट्रको हैसियतले एकअर्कासँग आवद्ध भएका छौं।’

साम्राज्यवाद र विस्तारवादबाट टाढिने हो भने साउथ प्यासिफिकको सबैभन्दा एकान्त ठाउँ त्रिस्टान डेकुन्डामा गएर बस्न उनले सुझाव दिए। ‘यदि त्यस्तै हो भने संसारमा एकान्त कुना भनेर चिनिएिको साउथ प्यासिफिकको एकान्त कुना त्रिस्टान डेकुन्डा भन्ने ठाउँ छ त्यहीँ गएर बसौं। सायद केहीले पनि छुँदैन साम्राज्यवाद र विस्तारवादले पनि।’

मुलुकले आत्मसात गरेको परराष्ट्र नीतिविरुद्ध संसदमा उच्चारण भएका साम्राज्यवाद र विस्तारवाद शब्दलाई राष्ट्रिय अभिलेखबाट राख्ने नराख्ने विषयमा सभामुखबाट रुलिङ हुनुपर्ने माग उनले गरे।
 

प्रकाशित: १८ आश्विन २०७३ १४:१८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App