१५ वैशाख २०८१ शनिबार
image/svg+xml
भिडियो

राज्यले पुछ्न नसकेका आँसु......

घटना २०६३ वैशाख  ८ गतेको हो। राजसंस्था विरुद्ध  हजारौं जनता सडकमा उत्रिएका थिए। डुब्न लागेको घाम झैं भएको थियो राजसंस्था। तर, प्रहरी दमन भने रोकिएको थिएन। परिवर्तनका निम्ति भएको आन्दोलनको अग्र मोर्चामा थिए, पर्वतका गोविन्दनाथ शर्मा। प्रहरीले फालेको अश्रु ग्यासको जवाफ घरको छतबाट चिसो पानीले फालेर दिंदै थिए। तर प्रहरीको गोली लागेर घरकै छतमा ढले गोविन्द। प्रहरीको गोली लागेर घाइते भएका गोविन्दको थप उपचार गर्न हतार हतार पोखरा ल्याइयो।

तर १२ गते गोविन्दको प्राण गयो। परिवर्तनको नारा घन्काउने एक गोविन्द मरे पनि हजारौं गोविन्द सडकमा उत्रिएका थिए। जसले राजतन्त्र फ्याकेर लोकतन्त्र र गणतन्त्र ल्याए। देशको मुहार फेर्न आफ्नो प्राणको आहुति दिने गोविन्दको बलिदानीमा धेरै व्यक्ति मुलुकको शासन सत्ता सम्हाल्न पुगे तर प्रजातन्त्र स्थापना एवं पुनर्स्थापना र विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन आहूति दिने गोविन्द जस्ता शहीदको योगदान न विगतमा शासन सत्तामा पुगेकाले सम्झिए न अहिलेकाले नै। आज शहीद दिवस मनाउँदै गर्दा ०६२/०६३ को आन्दोलनका शहीद तथा घाइते परिवारको भोगाई उनीहरुकै शब्दमा।

शहीद गोविन्दनाथ शर्माकी पत्नी भगवती शर्मा भावविह्वल अवस्थामा। तस्बिर : दिनेश लुइटेल/नागरिक 

प्रकाशित: १६ माघ २०७५ १४:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App