१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

संसदमा दुईपटक नियमापत्ति, जनाउ घन्टी पटकपटक बजाइयो

काठमाडौँ- व्यवस्थापिका–संसद्को आजको बैठकमा कोरम नपुगको भन्दै आज दुईपटक जनाउ घन्टी बजाएर सांसदको गणना गरियो।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले प्रस्तुत गरेको ‘निर्वाचन आयोग विधेयक, २०७३ माथि विचार गरियोस्’ भन्ने प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने बेलामा सांसद प्रेम सुवालले कोरम नपुगेको भन्दै नियमापत्ति गरेपछि सभामुख ओनसरी घर्तीले तीन मिनेटको जनाउ घन्टी बजाएर सांसद गणना गर्न सचिवालयलाई निर्देशन दिएकी थिइन्।  

कुनै पनि प्रस्ताव पारित गर्न १४९ सांसद आवश्यक पर्नेमा सदनमा १५३ सांसद उपस्थित हुनु भएपछि सांसद सुवालको नियमापत्ति अगाडि बढेन र प्रस्ताव सहज रुपमा पारित भयो।

जनसङ्ख्या तथा वातावरणमन्त्री जयदेव जोशीले प्रस्तुत गरेको जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई अनुमोदन गरियोस् भन्ने प्रस्ताव पेस भएपछि पुनः सांसद सुवालले नै गणपूरक सङ्ख्या नपुगको भन्दै नियमापत्ति जनाएका थिए।

सभामुख घर्तीले सचिवालयलाई तीन मिनेटको जनाउ घन्टी बजाएर सांसदको गणना गर्दा गणपूरक सङ्ख्या १४९ नै कायम भएपछि मन्त्री जोशीले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव बहुमतले अनुमोदन भयो। रासस

 

प्रकाशित: १८ आश्विन २०७३ १४:२६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App