१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

धुर्मुस सुन्तली अभियानलाई सहयोग गर्न तयार छुँ : प्रधानमन्त्री ओली

काठमाडाैं - प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका लागि धुर्मुस सुन्तली फाउन्डेशनले थालेको अभियानमा आफुले सहयोगीको भूमिका निभाउने बताएका छन्। बुधबार चितवनमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणको घोषणा कार्यक्रमलाई राष्ट्रिय सभा गृहमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो पवित्र कार्यको लागि आफु फाउन्डेशनलाई हरेक क्षेत्रबाट सहयोग गर्न तयार रहेको बताए। उनले यो अभियानमा साथ दिन सम्पूर्णमा आग्रह समेत गरे।

फरक प्रसंगमा बोल्दै प्रधानमन्त्री ओलीले आफु भ्रष्टाचारको विरुद्ध बोल्ने मात्रै नभई भ्रष्टाचारीलाई ठेगान लगाउने मान्छे भएको बताए। उनले भ्रष्टाचार गर्ने जुनसुकै हैसियतको मान्छेभए पनि कारबाही गरिने स्पष्ट पारेका हुन्।

धुर्मुस सुन्तली फाउण्डेशनले अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माणको बुधबार घोषणा गरेको छ।

त्रिभुवन विश्वविद्यालयको नाममा रहेर हाल कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गर्दैआएको चितवको भरतपुर महानगरपालिका १५ मा रहेको जग्गामा रंगशाला निर्माणको घोषणा गरिएको हो। यसका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरबीच जग्गा प्राप्तिसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर समेत भएको छ।

फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) का अनुसार महानगरपालिकाले उपलब्ध गराउने २० बिघा ६ कठ्ठा जग्गामा रंगशाला बन्ने छ। रंगशालामा क्रिकेटसँगै अन्य विधाका खेलहरू पनि खेल्न सकिने गरी निर्माण गरिने उनले बताए। सो रङ्गशालालाई एकेडेमीका रूपमा विकास गरिने लक्ष्य राखिएको छ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामकरण गरिएको रंगशालाको गुरुयोजना बन्न ६ महिना लाग्ने र आगामी अढाई वर्षभित्र निर्माण सम्पन्न भई महानगरलाई हस्तान्तरण गरिने छ। रंगशाला निर्माणको लागत ३ अर्ब लाग्ने अनुमान गरिएको छ।
 

 

 

 

प्रकाशित: १६ माघ २०७५ ११:३४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App