१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ओखलढुंगामा वैवाहिक बलात्कारका दुई मुद्दा

ओखलढुंगा– ओखलढुंगामा दुई वर्षको अवधिमा दुईटा वैवाहिक बलात्कारको मुद्दा परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। आफ्नै श्रीमतीलाई जबरजस्ती करणी गरेको आरोपमा चालु आर्थिक वर्षको मंसिर महिनामा एक जना पक्राउ परेका छन्। चम्पादेवी गाउँपालिका २ का २६ वर्षीय (नाम परिवर्तन) बहादुर विकलाई श्रीमती बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

श्रीमतीको इच्छा विपरीत शारीरिक सम्पर्क गरेको अभियोगमा विकलाई पक्राउ गरी वैवाहिक बलात्कार ऐन अन्तर्गत मुद्दा चलाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजिव श्रेष्ठले जानकारी दिए। विकका श्रीमतीले आफूलाई मंसिर १० गते राती सुतिरहेको अवस्थामा मादक पदार्थ सेवन गरि इच्छा विपरित श्रीमानले जबरजस्ती शारीरिक सम्पर्क गरेको भन्दै प्रहरीमा उजुरी दिएकी थिइन। प्रहरीमा उजुरी आएपछि विकलाई पक्राउ गरी जिल्ला अदालतमार्फत मुद्दा चलाइएको छ। उनी ५० हजार धरौटीमा तारेखमा छुटेका छन्। 

यसैगरी दुई वर्षअघि सुनकोशी गाउँपालिकाका (नाम परिवर्तन) बहादुर बस्नेत पनि आफ्नै श्रीमतीलाई जबरजस्ती बलात्कार गरेको आरोपमा पक्राउ परे। उनकी श्रीमतीले आफ्नो इच्छा विपरित जवरजस्ती शारीरिक सम्पर्क गरेको प्रहरीमा उजुरी दिएपछि उनी पक्राउ परेका हुन्। बस्नेत तीन वर्षका लागि जेल परेका छन्। जिल्ला अदालतले २०७३ असार ५ गते बस्नेतलाई तीन वर्ष कैदको पैmसला गरेको थियो।

प्रकाशित: १६ माघ २०७५ ०६:३५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App