१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

सशस्त्रमा जनशक्ति थप्न माग

फाइल फाेटाे

काठमाडौं – सशस्त्र प्रहरीका महानीरिक्षक शैलेन्द्र खनालले सरकारसँग जनशक्ति थप गर्न माग गरेका छन्। सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा प्रधामन्त्री केपी शर्मा ओली समक्ष जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन्। उनले सशस्त्र प्रहरी ७७ वटै जिल्लामा पुगेको, सीमा सुरक्षाजस्तो गहन जिम्मेवारी बोकेको संगठनका सबै स्थानमा भौतिक संरचना नभएको तथा जनशक्ति अभाव भएको बताउँदै जनशक्ति थप गर्न प्रस्ताव गरेका हुन्।

कार्यक्रममा महानिरीक्षक खनालले आफूले सशस्त्र प्रहरीको नेतृत्व सम्हालेपछि २२ करोड ७१ रुपैयाँ बराबरका अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको जानकारी गराएका थिए। उनका अनुसार जुन पछिल्लो २ वर्षको भन्दा धेरै भएको उनको भनाइ छ। साथै नौ महिनामा ४६ वटा विभिन्न किमिसका हतियार बरामद गरेको उनले दाबी गरेका थिए। महानीरिक्षक खनालले युनएन मिसन जानेको एक सय ५० डलर जोगिएको पनि बताए। ‘युनएन मिसनमा जाने प्रहरीको भत्ताबाट एक सय ५० डलर काटिने प्रचलन हटाइएको छ यसअघि खेलकुदलगायतको नाममा एक सय ५० डलर काटिने गरिएको थियो। अब त्यो रकम कट्टी नहुने निर्णय गरिएको छ,’ आइजिपी खनालले भने।

कार्यक्रममा आठ बाहिनीमध्ये उत्कृष्ट रुपन्देहीस्थित नम्बर ५ बाहिनीलाई पुरस्कार प्रदान गरियो। सो बाहिनीलाई ‘बिग्रेड अवार्ड’ प्रदान गरियो। सशस्त्र प्रहरीको १८ औं स्थापना दिवसको अवसरमा बाहिनीपति डिआइजी चिरञ्जिवी अधिकारीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अवार्ड प्रदान गरेका थिए। त्यस्तै, स्थापना दिवसको अवसरमा सशस्त्र प्रहरीले पूर्वप्रहरी महानिरीक्षक दुर्जकुमार राई र तथा पूर्व एआइजी रोहित थापालाई ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ प्रदान गरिएको छ। सशस्त्र प्रहरीले मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई समेत सम्मानित गरेको छ। विपद्सम्बन्धि जनचेतना फैलाउन महत्वपूर्ण योगदान दिएको भन्दै उनीहरुलाई सम्मानित गरिएको हो।

प्रकाशित: १६ माघ २०७५ ०२:५९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App