स्वेच्छाले भोट हाल्न पाउँदैनन् दलित समुदाय

मङ्गलबार, १५ माघ २०७५, १४ : ४२ सुमन मल्ल

मुगु – खत्याड गाउँपालिका ४ हिगोठीका जयलाल सार्कीको परिवार पुस्तौंदेखि अर्काको जमिनमा घर बनाएर बसेको छ। सदियौंदेखि जमिनदार अर्थात् रिथी (काम गरेबापत जग्गा उपलब्ध गराउने व्यक्ति) ले दिएको जमिनमा घर बनाएर बसेका छन्। घर बनाएपनि लालपुर्जा भने उनको नाममा छैन। ‘बाजेको पालादेखि हामी यही जग्गामै बस्दै आएका छौं। लालपुर्जा छैन, अहिले आएर निकै समस्या भएको छ,’ सार्कीले गुनासो गरे।

सार्की मात्र होइनन, हिगोठी गाउँका ८० घर दलित परिवारको लालपुर्जा छैन। बिरामी पर्दा, पुरुष जति गाउँबाहिर जाँदा गाउँमा समस्या हुने गरेको छ। चुनावमा रिथीले भनेका उम्मेदवारलाई मत नदिँदा उनीहरूले घरबारविहीन बनाइदिने धम्की दिने गरेको हिगोठीकै धनमली विकले बताए। जिल्लाभरका एक हजार नौ सय ९ दलित घर मध्ये करिब दुई सय घर परिवारसँग लालपुर्जा नभएको पाइएको हो। जल्लाका सोरु गाउँपालिकाका फोतु, नार्थपु, जिमा, कालै, धैनकोट र खत्याड गाउँपालिकाका ह्याँग्लु, सुकाढिक, कोटडाँडालगायत बस्तीका दलितसँग जग्गा भएर पनि लालपुर्जा नभेटिएको हो।

आफुसँग पर्याप्त जमिन नभएका कारण हलिया हुनुपर्ने बाध्यता रहेको र दलित अधिकारकर्मी धीरज नेपालीले दुःख पोखे। गरिब भएकै कारण चुनावमा भोटसमेत आफूले भनेको ठाउँमा हाल्न नसकिएको उनीलगायतको गुनासो छ। उनी भन्छन्, ‘जसले घर बनाउन जमिन दिएको छ, उसैको निर्देशनमा मतदिनु पर्ने अवस्था छ, नत्र घर भत्काइदिने धम्की दिन्छन्।’ बिरामी भए, जरुरी काम परे जग्गाधनीको हलो जोत्ने काम परे अस्वीकार गर्ने अवस्था नै नरहने उनी दुःख पोख्छन्। केही जग्गा पाएर घर बनाएर बसेका उनीहरूले लालपुर्जा पाउने आसमा वर्षौंदेखि यसरी नै दुःख झेलिरहेका छन्।








यसमा तपाईको मत

अन्य समाचार

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी बैंकको साक्षरता अभियान

सेञ्चुरी कमर्सियल बैंकको चरीकोट शाखाले दोलखा चेम्बर अफ कमर्ससँगको आयोजनामा एकदिने वित्तीय साक्षरता आधारभूत कर्जा, लेखा तथा करसम्बन्धी कार्यक्रम सञ्चालन...

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

रिद्धी सिद्धी सिमेन्ट–दशौँ एफक्यान एक्सिलेन्स अवार्डको तयारी पूरा

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धी सिद्धी सिमेन्ट–१० औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गर्ने भएको छ । ...

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले प्राविधिक भिजन प्रस्तुत गर्ने

ओपोले डिसेम्बर १०का दिन चीनको शन-छानामा पहिलो ओपो ईन्नोडेको आयोजना गर्ने घोषणा गरेको छ। ...

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लोको उपहार हस्तान्तरण

सनफ्लो ब्रान्ड तेलको उपहार योजनाको दोस्रो लक्की ड्र कार्यक्रमका विजेतालाई हिराको हार र हिराका अन्य उपहार हस्तान्तरण गरिएको उत्पादत कम्पनी...

बयलबासमा प्रभु बैंक

बयलबासमा प्रभु बैंक

प्रभु बैंकले सर्लाहीको ईश्वरपुर नगरपालिका, वडा नम्बर ६, बयलबासमा शाखा विस्तार गरेको छ । ...

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच सम्झौता

नेपाल टेलिकम र दूरसञ्चार प्राधिकरणबीच कर्णाली र सुदूर पश्चिम प्रदेशमा सूचना महामार्ग निर्माण गर्न समझदारी भएको छ । ...

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवमको स्वास्थ्य शिविर

होङ्सी शिवम् सिमेन्ट प्रालिका कर्मचारीको सहयोगमा चिनियाँ चिकित्सा टोलीले १६ पाल्पाको निस्दीमा पर्ने ज्यामिरमा बुधबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको...

आइएमई लाइफको सभा

आइएमई लाइफको सभा

आइएमई लाइफ इन्स्योरेन्सको दोस्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad