१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

‘शुभ लभ’ शीर्ष गीत

काठमाडौं – युवा ज्योतिष हरिहर अधिकारीले नायकका रूपमा ‘डेब्यु’ फिल्म ‘शुभ लभ’ को शीर्ष गीत सार्वजनिक भएको छ। सार्वजनिक गीतमा नायक हरिहर नवनायिका कृष्टिन पौडेलसँग फिचर्ड छन्। निशान भट्टराई र मिना सिंहको स्वर रहेको गीतमा अर्जुन पोखरेलको शब्द र संगीत छ। गीतमा रामजी लामिछानेको कोरियोग्राफी छ।

वास्तविक जीवनमा ज्योतिष हरिहर फिल्ममा पनि त्यही भुमिकामा छन्। उनले आफ्नो वास्तविक जीवनसँग फिल्मले मेल नखाने बताए। चैत १५ बाट रिलिज फिल्ममा सन्तोषबाबु लोहनीको निर्देशन छ। बुद्ध इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्ममा डा. सुर्या थापा, सरोज खनाल, राजाराम पौडेल, राजा राजेन्द्र पोखरेल, रविन्द्र झा, प्रदीप बास्तोला, अनुज पाण्डेलगायतका कलाकारको पनि अभिनय छ। फिल्ममा प्रस्तुतकर्ता प्रदीपकुमार उदय अतिथि भुमिकामा छन्।

धर्मराज शर्मा सुवेदीको लगानी रहेको फिल्ममा अभिमन्यु निरवीको पटकथा तथा संवाद, हरिहरको कथा, रामेश्वर कार्कीको छायांकन, रोशन विक्रम भट्टराईको द्वन्द्व, बनिष शाह र भुपेन्द्र अधिकारीको सम्पादन छ।
 

प्रकाशित: १५ माघ २०७५ ०४:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App