१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सल्यक्रिया गर्न मोबाइल फाेनकाे सहारा

इमर्जेन्सी लाइटकाे सहारामा सल्यकृया गरिँदै। तस्बिर : भविश्वर/नागरिक

तेह्रथुम - विद्युत आपूर्तिमा समस्या हुँदा जिल्ला अस्पताल तेह्रथुममा प्रसुती गराउन आउने सुत्केरीको मोबाइल फोन तथा इमर्जेन्सी बत्ती बाली सल्यक्रिया गर्न थालिएको छ।

अस्पतालमा बैकल्पिक उर्जाको श्रोत नहुँदा जिल्लाको एक मात्रै अस्पतालमा इमर्जेन्सी र मोबाइल फोनको लाइट बालेर सुत्केरीको सल्यक्रिया गरिँदै आएको हो। श्रोत साधनको अभावमा सुत्केरीको सल्यक्रिया गर्दा अत्याधिक रक्तश्राव भएपछि थप उपचारका लागि जिल्ला वाहिर बिरामीलाई रेफर गरिने गरेको बिरामीका आफन्तहरुले गुनासो गरेका छन्।

जिल्ला अस्पतालमा ६ महिना भित्र प्रसुती व्यथा लागेका दुई जना सुत्केरीलाई अप्रेसनपछि अत्याधिक रक्तश्राव हुँदा जिल्ला वाहिर महङ्गो शुल्क तिरेर एयर एम्बुलेन्सबाट उपचारकालागि लगिएको छ।

जिल्ला अस्पतालमा भएको जेनेरेटर प्राविधिक नभएको भन्दै थन्क्याइएको छ भने इन्भर्टर पनि चालु अवस्थामा छैन। एक्सरे गर्न समेत विजुली कुर्नुपर्ने बाध्यता छ। जिल्ला अस्पतलामा आवश्यक दक्ष प्राविधिक नभएको कारण बिरामीले वर्षौ देखि यस्तो समस्या व्यहोर्दै आएका छन्। 

 

प्रकाशित: १४ माघ २०७५ ०८:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App