१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द

काठमाडाैँ - उपत्यकामा न्यून भिजिबिलिटीका कारण त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा सबै उडान बन्द भएको छ। आइतवार विहानैदेखी ठप्प विमानस्थलमा राष्ट्रिय तथा  अन्तर्राष्ट्रिय उडान अवतरण बन्द बन्द भएको हो। विहानैदेखी सिमसिमे वर्षा तथा हुस्सुका कारण भिजिबिलिटी एकदमै हुँदा उडान अवतरण बन्द गर्नु परेको विमानस्थल प्रशासनले जनाएको छ।

विमानस्थल प्रशासनका अनुसार काठमाडौं अवतरण गर्ने अन्र्तराष्ट्रिय उडानहरुलाई नजिकको विमानस्थलमा डाइभर्ट गरिएको र नजिकको उडान समेत रोकिएको विमानस्थल छ।

मौसम पूर्वअनुमान महाशाखाकाका अनुसार आइतवार दिउँसोबाट आकाश खुलेर घाम लाग्ने अनुमान गरेको छ। घाम लागेसँगै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय उडान अवतरण हुने जनाइएको छ। आइतबार बिहान १०० मिटरभन्दा पनि न्यून भिजिबिलिटीका कारण उडान अवतरण हुन नसकेको हो।

प्रकाशित: १३ माघ २०७५ ०३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App