१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

एपिएफ र पुलिस शीर्षमा

काठमाडौं – विभागीय नेपाल पुलिस क्लबले आयोजक ढोरपाटन क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै १४औं ढोरपाटन महिला डबल लिगको शीर्ष स्थानमा रहेको सशस्त्र प्रहरी बलको एपिएफ क्लबसँग अंक बराबरी गरेको छ।

लिगमा अपराजित रहेको पुलिसले ५ खेलबाट १५ अंक जोडेको छ। अर्को अपराजित टोली एपिएफको पनि १५ अंक नै छ। नयाँबसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा भएको खेलमा पुलिसले ढोरपाटनलाई २५–८, २५–३ र २५–२ को सेटमा लज्जापूर्ण हार चखाउँदै शीर्ष स्थानको एपिएफसँग अंक बराबरी गरेको हो।

लिगअन्तर्गत शुक्रबारै सम्पन्न अर्को खेलमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले दोहोरो जित निकाल्यो। लिगको पहिलो खेलमा सामाखुशी इंग्लिस बोर्डिङ स्कुल (सेब) सँग ३–२ को प्रतिस्पर्धात्मक सेटमा स्तब्ध पश्चिमाञ्चलले शुक्रबार भने थाहा नगरपालिका मकवानपुर र श्रीगाँउ खेलकुद विकास समिति दाङलाई सोझो सेटमा हराउँदै दोहोरो जित निकालेको हो।

पश्चिमाञ्चलले थाहा नगरपालिकामाथि २५–३, २५–६ र २५–११ को सोझो सेटमा तथा श्रीगाँउ दाङमाथि २५–१४, २५–१४ र २५–१० को सहज जित निकाल्न सफल भयो। जितसँगै पश्चिमाञ्चलले तीन खेलबाट ७ अंक जोडेको छ।

शुक्रबारकै अर्काे खेलमा सेबले चितवन टाइग्रेसमाथि २५–२३, २५–२१ र २५–१४ को सहज जित निकाल्यो। सेबसँग पराजित भएको चितवन टाइग्रेसले थाहा नगरपालिकालाई २५–१३, २५–११ र २५–१२ को सेटमा हराएको थियो । आठौं स्थान हात पारेको थाहा नगरपालिका मकवानपुरलाई शुक्रबारै १० हजार रुपैयाँसहित बिदाई गरियो। डबल लिगको आधारमा हुने प्रतियोगिताअन्तर्गत शनिबार पाँच खेल हुनेछन्।

प्रकाशित: १२ माघ २०७५ ०४:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App