इलाम क्षेत्र २ मा भइरहेको उपनिर्वाचनमा मतदाताले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने छ। मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले आफ्नो पहिचान खुल्ने कागजपत्र लिएर आए भोट हाल्न पाइने बताए।
लुम्बिनी प्रदेशमा मन्त्रालय बढाइएपछि प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएको छ। कांग्रेस लुम्बिनी प्रदेश समितिले आर्थिक संकटका बेला प्रदेशलाई थप आर्थिक भार पार्ने गरी मन्त्रालय बढाइएकोप्रति विरोध जनाएको हो।
हरियाली बढाउन यहाँस्थित जिल्ला डिभिजन वन कार्यालयले ६५ हजार बिरुवा निःशुल्क वितरण गर्ने भएको छ। कार्यालयले आफ्नो नर्सरीमा हुर्काएका बिरुवा किसानलाई वितरण गर्न लागेको हो।