सरकारविरुद्ध बुटवलमा कांग्रेसको प्रदर्शन

शुक्रबार, ११ माघ २०७५, १५ : २८ रेखा भुसाल

बुटवल – राजनीति पुर्वाग्रहबाट प्रेरित भइ सरकारले गिरीजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा रहेका अस्पताल विघटनको संघारमा पुर्याएको भन्दै नेपाली कांग्रेस रुपन्देही आन्दोलनमा उत्रिएको छ।

बाँकेको सुशील कोइराला क्यान्सर अस्पताल र तनहुँको जिपी कोइराला श्वासप्रश्वास केन्द्रलाइ संघ मातहत नराख्ने सरकारको निर्णयविरुद्ध शुक्रबार (आज)काँग्रेसले बुटवलको ट्राफिक चोकमा विरोध प्रर्दशन तथा कोणसभा गरेको छ। कोण सभामा बोल्ने नेताहरूले बहुमतको दम्भमा सरकारले  एकलौटी रुपमा गलत निर्णय गरेको भन्दै आन्दोलनलाई अझ कडा पारिने चेतावनी दिएको छ।

कार्यक्रममा बोल्दै कांग्रेस रुपन्देहीका सभापति अब्दुल रज्जाकले कसैको पनि इतिहास मेटाउने अधिकार सरकारलाई नभएको भन्दै तत्काल निर्णय सच्चाउन माग गरे। दश वर्षसम्म हतियार बोकेर जंगलमा बसेको तत्कालिन माओवादीलाइ शान्ति प्रक्रियामा ल्याइ शान्ति सुव्यवस्था कायम गर्न महत्वपुर्ण भुमिका खेल्ने गिरीजाप्रसाद र वर्तमान संविधानका पिता सुशील कोइराला नेपाली कांग्रेसका मात्रै नेता नभइ देशकै गौरवशाली नेता भएको सभापति रज्जाकले बताए।

कार्यक्रममा नेताहरू रामकृष्ण खाँण, बिष्णु पोख्रेल, रामप्रसाद अधिकारी लगायतले गिरीजाप्रसाद र सुशील कोइरालाको नाममा रहेको अस्पतालका सम्बन्धमा गरेको निर्णयबाट सरकार पछाडी नहनेसम्म कांग्रेसको आन्दोलन नरोकिने बताए। राजनीतिक पुर्वाग्रह राखेर लिइएका गलत निर्णय नसच्चिए सरकारविरुद्ध कडा संघर्षका कार्यक्रम गर्ने बताए।

विरोधसभामा बोल्ने नेताहरूले प्रतिपक्षी दलको नेता बिनै संवैधानिक आयोगमा अध्यक्ष नियुक्त गरेर सरकारले सर्वसत्तावादी चरित्र देखाएको भन्दै आपत्ती जनाए।  डा.गोबिन्द केसीले उठाएका मागहरू आम जनताको पक्षमा रहेकाले तत्काल तीनको सम्बोधन गरी डा. केसीको जीवन रक्षाको माग पनि गरेका छन्। भेला अघि नेता कार्यकर्ताले बुटवलको महेन्द्रपार्कबाट ट्राफिक चोकसम्म सरकारविरुद्ध नाराबाजी गर्दै र्याली निकालेका थिए।   








यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

क्रोम ब्राउजर निकै असुरक्षित - क्रोमको सट्टा यो ब्राउजर प्रयोग गर्नु उचित !

गुगल क्रोमलाई जर्मनको एक साइबर सुरक्षा निकायले सबैभन्दा असुरक्षित ब्राउजरको संज्ञा दिएको छ ...

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

Ncell Footer Ad