१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
भिडियो

भाइरल भिडियोलाई लिएर युवतीहरु महानगरिय अपराध महाशाखामा

केहि दिन अघि समाजिक संजालमा भाइरल भएको भिडियोलाइ लिएर किशोरी तथा युवतीहरु महानगरिय अपराध महाशाखामा गएका छन् । 
सामाजिक संजालमा रहेको सिस्टरहुड समूहका किशोरी तथा युवतीहरुले महानगरिय अपराध महाशाखामा गएर उजुरी दर्ता गराएका हुन् । सिस्टरहुड समूह स्वस्फुर्त रूपले एकजुट भएर अगाडी आएका छन् । सिस्टरहुड समूहकी एक युवतीले यस्ता घटनाहरूमा चुप लागेर बस्ने हो भने सार्वजनिक जीवनयापन गर्न नै समस्या हुने बताइन् । महानगरिय अपराध महाशाखा, टेकुमा कोही कलेजबाट व्याग बोकेर आएका थिए । कोही युवतीहरू भने कार्यालयबाटै आएका थिए । मिडियामा धेरै बोल्दा अनुसन्धानमा समेत अफ्ठ्यारो पर्ने हुँदा यसबारेमा नसोध्न महानगरिय अपराध महाशाखाका प्रवक्ता नरेन्द्र उप्रेतीले आग्रह गरेका थिए । 
केहि दिन यता समाजिक संजालमा सार्वजनिक यातायातमा एक पुरूषले युवतीको कपालमा विर्य स्खलन गरेको भिडियो भाइरल बनेको छ ।
भिडियो भाइरल भएपछि यसकाबारे उजुरी दर्ता गरिएको हो।

प्रकाशित: ११ माघ २०७५ ०९:०१ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App