१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने दुईविरुद्ध मुद्दा

काठमाडौं - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झुटा प्रमाणपत्रको विवरण पेस गरी सरकारी जागिर खाएको आरोप लगाउँदै एक प्रहरी र एक शिक्षकविरुद्ध बिशेष अदालत, काठमाडौंमा मुद्दा दर्ता गराएको छ। राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जमा कार्यरत प्रहरी हबल्दार चन्द्रा भण्डारी र श्री रामसखी मो. सिंह जनता माध्यमिक विद्यालय, सर्लाहीका शिक्षक देवनारायण ठाकुरले नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा जागिर खाएको खुलेपछि अख्तियारले उनीहरूमाथि मुद्दा दर्ता गराएको हो।

आयोगका अनुसार चन्द्रा भण्डारीले माध्यमिक शिक्षा परिषद्, उत्तर प्रदेश, भारतबाट प्राप्त गरेको एसएलसी तहको नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी प्रहरी जवान पदमा स्थायी नियुक्ति लिई प्रहरी हबल्दार पदमा बढुवासमेत भएको खुल्न आएको छ।

बलरा सर्लाहीका शिक्षक ठाकुरले भने बाबा साहेब बिरो अम्बेस्डकर बिहार युनिभर्सिटी, मुजफ्फरपुर, भारतबाट लिएको प्रमाणपत्र पनि नक्कली देखिन आएको आयोगको आरोप छ। ठाकुरले माध्यमिक तहको तृतीय श्रेणीको शिक्षक पदमा नियुक्ति लिई सरकारी लाभ तथा सुविधासमेत लिइरहेको देखिन आएको भन्दै आयोगले विशेष अदालतमा बिहीबार मुद्दा दर्ता गराएको हो।

प्रकाशित: ११ माघ २०७५ ०४:५७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App