१५ वैशाख २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

नटालीले घटाइन् ६० केजी वजन

मोटाएर थसुल्लो पल्टिएका महिलाबारे समाचार बारम्बार आउने गर्छ। तर, अस्टे्रलियामा एउटी यस्ती महिला पनि छिन्, जसले ६० केजी वजन घटाएर आफूलाई छरितो बनाएकी छिन्।

नटाली बुर्तिना नाम गरेकी महिलाको वजन कुनै बेला १ सय ३५ केजी थियो। बढी वजन भएकोले हिँडडुल गर्न अप्ठेरो त हुन्थ्यो नै,  साथीसंगीसँग रहँदा आत्मविश्वासको पनि कमी हुन्थ्यो। तर, मेहनत गरेर नटालीले ६० केजी वजन घटाएकी छिन्।

कसरी यत्रो वजन घटाउनुभयो भनी प्रश्न गर्दा उनले भनिन्, 'हिँडेर र पानी पिएर।'

गर्भवती भएपछि उनको वजन एकाएक बढेको थियो। त्यसरी बढेको वजन कसै गर्दा पनि घटेन। 'त्यसपछि मैले संकल्प गरेँ, कसै गरी पनि वजन घटाउँछु भनेर। अनि मैले दिनहुँ कम्तीमा दुई किलोमिटर हिँड्न सुरु गरेँ। साथै, स्वास्थ्यकर खाना खान थालेँ र बढीभन्दा बढी पानी पिउन थालेँ। यही दिनचर्यालाई दिनहुँ अभ्यास गरेपछि आज यसरी छरिती भएँ।' खानपिनमा चरम लापरवाही र शारीरिक श्रमको कमीले गर्दा आफू हिजोका दिनमा त्यसरी मोटी भएको समेत उनले बताइन्।

प्रकाशित: १८ आश्विन २०७३ ०६:०७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App