१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

जुम्ला अस्पतालमा एलपी आरएफ सेन्टी फ्युज मेसिन

एलपी आरएफ सेन्टी फ्युज मेसिन जडान गरिदै। तस्बिर : डिबी/नागरिक

जुम्ला - कर्णाली प्रदेशको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा पहिलो पटक एलपी आरएफ सेन्टी फ्युज मेसिन जडान गरिएको छ। कर्णाली प्रदेशमा रहेका अस्पताल मध्ये जुम्ला अस्पतालमा पहिलो पटक यो मेसिन जडान गरिएको हो।

यो मेसिनले लामो समय सम्म सञ्चो हुन नसकेका घाउलाई निको पार्न मद्दत पुर्‍याउछ। पछिल्लो समयमा लामो समय सम्म घाउ भएर संक्रमण भोगिरहेका बिरामीको मागलाई मध्येनजर गर्दै यो मेसिन जडान गरिएको अस्पताल निर्देशक धर्मराज गोसाईले जानकारी दिए। उनका अनुसार यो मेसिन जडान भएपछि उपचारका लागि आउने बिरामीको संख्या बढेको छ। अस्पतालको प्रयोगशाला कक्षमा जडान गरिएको सो मेसिनले यहाँका वर्षौै देखि निको नहुने घाउबाट प्रभावित बिरामीको उपचारमा मलहम लगाउने काम गरेको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाका प्रयोगशाला प्रमुख विबेक  पुन मगर यो मेसिनले जस्तो सुकै ठुलो घाउ निको गर्न सक्ने बताउँछन्। उनका अनुसार प्लेन ट्युवमा ९ एमएल रगत संकलन गरेर १२ मिनेट सेन्टी फ्युज गर्नुपर्छ। त्यसपछि एलपी आरएफ लेयर बन्छ। ईन्स्टुमेण्टले दबाव दिएर बनेको लेयर बिरामीको घाउमा लेप लगाइन्छ्। ईस्टीम सेल पछि घाउमा हिलिङ गरेर घाउलाई निको पार्ने काम गर्छ।

जुम्ला अस्पतालमा यो मेसिन जडान गरेको एक साता वितिसकेको छ। बिरामीले यो मेसिनबाट घाउ परिक्षण गरेर गइसकेका छन्। यो मेसिन नेपालका केहि अस्पतालमा मात्रै जडान भएको छ। लामो समय सम्म घाउ निको नभएका बिरामीलाई अहिले जिल्लामै यो मेसिन जडान हुदा निकै राहत मिलेको छ। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा रक्त सञ्चार केन्द्र, आईसियु जस्ता प्रविधि जडान भइसकेका छन्।

 

प्रकाशित: १० माघ २०७५ ०८:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App