१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

लहानमा दुईको मृत्यु

लहान-सिरहाको इटर्वामा पोखरीमा डुबेर सोमबार साँझ एक युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा इटर्वा–७ निवासी २४ वर्षीय अनुज यादव रहेको प्रहरीले जनाएको छ । घरनजिकै रहेको पोखरीमा नुहाउनेक्रममा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।

यस्तै, सिरहाको सुखीपुर नगरपालिका–९ निवासी ७० वर्षीया डोमी साहको अचानक लडेर मृत्यु भएको छ ।

लहान नगरपालिका–१४ भिसा टोलस्थित सुरेश चौधरीको खेतमा काम सकेर सोमबार घर फर्किनेक्रममा अचानक लडेर साहको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस

प्रकाशित: १८ आश्विन २०७३ ०६:०३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App