को कम्युनिस्ट : केपी कि केसी ?

बिहिबार, १० माघ २०७५, ११ : ५३ नागरिक

हरिशरण आचार्य
नेपाल कम्युनिस्ट पार्टीको शासन प्रशासन अहिले हाम्रो देशमा चलिरहेको छ। यहाँ गणतन्त्र छ भनौँ, खड्गप्रसाद ओली राजा जस्तै छन्। राजकाज चलाउने भनेकै शासन प्रशासन चलाउने हो। यो कार्यकारी प्रमुखमा हुन्छ। यसर्थ कि कार्यपालिकाको सम्पूर्ण अधिकार उनैमा छ। न्यायपालिकामा उनैका सहयोगीले प्रधानन्यायाधीशको सुनुवाइ प्रक्रिया टुङ्गोमा पुग्न लागेकै बेलामा दुई तिहाइले हटाउन सक्ने व्यवस्था संविधानमा छ भन्दै महाभियोगको लट्ठी देखाइसकेका छन्। व्यवस्थापिकाको त झन् कुनै कुरै छैन। एकाबिहानै “आजका छलफलका विषय”को चिर्कटो धेरै थिए मध्ये एउटा कुनै हस्ते पठाइदिए ट्यानछ्यान भई पो गयो। यसरी कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका चलाउनु नै राजा हुनु हो।

राजा हुन पाँचवटा श्री चाहिन्न। जङ्गबहादुर राणाका तीनवटा श्रीमध्ये श्रीपेच १, राजदण्ड १ र सिंहासन १ सालबसाली सर्दै १०४ वर्ष मात्र रहे पनि अरू धेरै वर्षका लागि रहन सकेनन्। यसबाट अनुप्राणितहरू दुई तिहाइ नाम गरेको लठ्ठीको पर्याय श्रीपेच, राजदण्ड र सिंहासन क्रमशः कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका स्थायी रूपमा बनेको छ। स्थायी बनाउन अत्यधिक हुँदै छ। यसर्थ यस्तो अवस्थाको मुलुकलाई कसैले नै गणतन्त्रात्मक व्यवस्था भएको देश भन्दैन।

नीतिशास्त्रमा भनिएको छ :
शास्त्राणि यत्र गच्छन्ति तत्र गच्छन्ति ते नराः।
मनांसि यत्र गच्छन्ति तत्र गच्छन्ति वानराः।।

शास्त्रहरू अर्थात् संविधान, ऐन, कानुन, नियम, संहिताअनुसार चल्नेहरू मान्छे हुन्, मनले जे भन्छ त्यसअनुसार चल्नेहरू बाँदर हुन्। पञ्चायती व्यवस्था भएका बेला, राजा महेन्द्रले राजकाज चलाउने बेला कम्युनिस्ट पार्टीले नारा दियो– बुर्जुवा शिक्षा बहिष्कार। पढेलेखेका, शास्त्रीय ज्ञान भएका र देशदेशावर देखेकाहरू त आचरण अनुशासनका नैष्ठिक आर्दशवान्, योग्य, विद्वान्, सदाचारी, अनुरक्त मितभाषी र उदात चरित्रका हुन्छन्। यस्ता मान्छे कम्युनिस्ट पार्टीमा लाग्दैनन् भनेर यो नारा दिएका रहेछन् र आफूहरू भित्रभित्रै सदा रहेछन्। यस्ताहरू शास्त्रबाट निर्देशित संविधान, कानुन, नियम, नीति, संहिताद्वारा चल्ने हुनाले पुष्पलाल, मनमोहन जस्ताहरू महापुरुष भए। मनले जे भन्यो त्यसअनुसार गर्नेहरूले संविधान, ऐन, कानुन, नीति, वियम, संहिता मान्नुपरेन। राम्रो जति बिगार्ने–नराम्रो जति थप्दै जाने किंपुरुषको संख्या बढ्ने नै छ।

जुन बेला बुर्जुवा शिक्षाको नारा सफल भयो अर्थात् शास्त्रीय अध्ययन जसले छोडे, प्रमाणपत्र जलाए, स्कुल, कलेज, विश्वविद्यालयमा आगो लगाए, हुनु–नहुनु गर,े तिनैले बुर्जुवा शिक्षा बहिष्कार पूर्णतः सफल बनाए। कम्युनिस्ट पार्टी सफल भयो। धक्का दिए, छलाङ मारे, क्रमभङ्ग गर्दैछन् र कब्जाको रणनीति निर्माणको ध्याउन्नमा छन्। उनीहरू हामी भन्दा बाहिर कुरा बुझेका असल र योग्य मानिसहरू छन्, जो शिक्षा–स्वास्थ्य, ज्ञान–विज्ञान, राजनीति, अर्थतन्त्र, शासन–प्रशासनको अनुभव, ज्ञान र कलाद्वारा सुगठित छन् भन्ने बुझ्नै सक्दैनन्। कारण हो– शास्त्रीय ज्ञानको कमी। यसैबाट शिक्षा र स्वास्थ्य क्षेत्रमा डामाडोलको अवस्था भएको हो।

यो सरकारको निर्माणकर्ता पार्टीका दुई जना अध्यक्ष भए पनि एउटा मात्रै मान्नुपर्छ। किनभने, एउटा अर्कोसँग अर्काे पद पनि छ। यसर्थ यस्तालाई नै पदेन अध्यक्ष भनिन्छ। यस्तो विधि भएको पार्टीले जति वर्ष सरकार चलाए पनि शिक्षा र स्वास्थ्यको अवस्था सुधार गर्ने सक्दैन। किनभने समाजवाद हँुदै साम्यवादमा पुग्ने पार्टी सरकारमा पुग्नासाथ समाजवादी, वैज्ञानिक र व्यावहारिक शिक्षा निःशुल्क राज्यबाटै प्रत्याभूत गर्छ। डा. गोविन्द केसीसँग १६ पटक पराजित हुनुपर्दैन।

मनप्रसाद वाग्लेसँग कतिपटक पराजित हुनुपर्‍यो, लेखै छैन। केदारभक्त माथेमाको अनुहार देख्नासाथ सिंहदरबार घोप्टो परेको उठ्नै गाह्रो मान्छ। विपीन अधिकारीको हातमा कानुन र संविधानको पुस्तक देख्नासाथ पार्टीका नेता थर्थर काँप्छन्। अहिलेका अब्बल दर्जाका प्रशासकहरू, डाक्टरहरू, इन्जिनियरहरू पाइलटहरू, अधिवक्ताहरू, न्यायाधीशहरू, राजनीतिक– अर्थशास्त्रीहरू, प्राध्यापकहरू, साहित्यकारहरू सबै पञ्चायती व्यवस्थाको एक मात्र विश्वविद्यालय त्रिविका उत्पादक हुन्। २०४६ पछि आजसम्मको लब्धता मापन गर्न अरू विश्वविद्यालय खोलेर पनि हुँदैन। खुट्टी हेरेर पत्याइएको छ कि गर्जंदै गरेको आकाश खस्दैन। यसर्थ कि, बकुल्ला आलीमा बसेर माछाको प्र्रतीक्षा गरोस्।

आफसे आफ अर्थात् अन्तरआत्माद्वारा लेखिएका लेखरचना वा विरोध गदै दिइएका सुझावहरू, आलोचनाहरू, टिप्पणीहरूलाई अमृत ठान्नुपर्छ। कार्यक्रम, गोष्ठी वा बैठकमा माग गरेर लिइएका सुझावहरू, आलोचनाहरू, टिप्पणीहरूलाई पानी ठान्नुपर्छ। तलबभत्ता, सुविधा दिएर राखिएका अनुचहरूमार्फत पाएका प्रशंसा र चाकडीहरूलाई विष ठान्नुपर्छ। अमृतले अमर भइन्छ, पानीले प्याससम्म मेटिन्छ, विषले मृत्युमा पुर्‍याउँछ भन्ने कुरा खड्गप्रसाद ओलीलगायत सबैले बुुभ्mनु जरुरी  भइसकेको छ। सोह्राँै पटक फेरि सम्झौता हुने नै छ। ता कि हेक्का राख्न आवश्यक छ कि सोह्रौँ अनशनले आँधीबेहरी आउन सक्छ। को, कहाँ, किन ढल्ने हुन् भन्न सकिन्न। नक्कली कम्युनिस्टको लम्बेतान लामलाई औँला तेस्र्याइरहने ‘जोगी’ डा. गोविन्दजीलाई सलाम छ। (लेखकले सल्यान जिल्लामा तत्कालीन नेकपा एमालेको नेतृत्व गरेका थिए। हाल उनी स्वतन्त्र वामपन्थी बुद्धिजीवी हुन्।)







यसमा तपाईको मत

अन्य समाचार

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सासमङद्वारा एकीकृत विकासका कार्यक्रमलाई विशेष सहयोग

सामसङ इलेक्ट्रोनिक्सले आफ्ना मातहत अन्तर्गत सञ्चालित विभिन्न CSR परियोजना मध्ये सामसङ (दक्षिण कोरिया) ले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नं. २...

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सुजुकीको वातावरणमैत्री हाइब्रिड कार

सबैतिर वातावरण प्रदूषणको चिन्ता प्रकट भइरहेका बेला सुजुकीले वातावरणमैत्री नयाँ कार बजारमा ल्याउन लागेको छ । ...

सामसङ्ग मोबाइल रिटेलर्स मिट

सामसङ्ग मोबाइल रिटेलर्स मिट

हिम इलेक्ट्रोनिक्स प्रा.लि.ले सफलतापूर्वक विभिन्न तीन वटा स्थान सिमरा, बर्दिबास र लहानमा २० अगष्ट २०१९ देखि २२ अगष्ट २०१९ सम्म...

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी–ओम समाज डेन्टल सम्झौता

कुमारी बैंक र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटलबीच स्वास्थ्य सेवामा छुटसम्बन्धी सम्झौता भएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

लगानीकर्तामा आत्मविश्वास नहुँदा बजार गतिहीन

पुँजीबजार केही दिनयता गतिहीन देखिएको छ । ...

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सको नयाँ बचत खाता

मन्जुश्री फाइनान्सले मन्जुश्री विशेष बचत खाता नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ...

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी बैंकको कर्मचारी लक्षित बचत खाता

सेञ्चुरी कमर्सियल बैंकले कर्मचारीलक्षित एक हजार रुपैयाँमामा बचत खाता खोल्ने गरी प्रिमियम पेरोल म्यानेजमेन्ट खाता सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad