२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

उर्लाबारी- मोरङको सुन्दरदुलारी-१० स्थित पूर्वपश्चिम राजमार्गमा बसको ठक्करबाट गएराति एक पैदलयात्रीको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको ना ४ ख ७८६६ नम्बरको बसको ठक्करबाट पैदलयात्री सोही ठाउँका ५० वर्षीय उमेश चौधरीको मृत्यु भएको हो । 

साँझ बसको ठक्करबाट गम्भीर घाइते भएका चौधरीको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिए । 

ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरी चौकी गछियाले नियन्त्रणमा लिएको छ । रासस 

प्रकाशित: १८ आश्विन २०७३ ०५:४० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App