१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको स्थानीयको आरोप

टीकापुर – टीकापुर नगरपालिका–९ खक्रौलाका बासिन्दाले सीमा स्तम्भ सारेर नेपाली भूमी अतिक्रमण गर्न खोजेको आरोप लगाएका छन । उनीहरुले सीमा रेखाङ्कनका नाममा वर्षौदेखी यथास्थानमा रहेको ७०४–५ नम्बरको सीमा स्तम्भ सार्ने षड्यन्त्र भइरहेको बताए।

स्थानीयका अनुसार सो सीमा स्तम्भ सार्दा २ जना स्थानीयको घरबास र करिब ५० विगाह नेपाली भूमी भारततर्फ गाभिने भएको छ। स्थानीय लक्ष्मी कोइरालाले आफ्नो र छिमेकी तुलाराम कोइरालाको घरबास भारततर्फ गाभिने सम्भावना रहेको बताए। उनले आफ्नो करिब डेढ विगाह जमिन समेत मासिने जानकारी दिए।

उनले २०२८ सालदेखी  सो सीमा स्तम्भ यथास्थानमा देख्दै आएको बताए। उनका अनुसार सो क्षेत्रमा २०२२ सालमा बसोबास सुरु भएको हो। ‘म १८ वर्षको थिए। त्यतिबेला देखि नै यो पिल्लर यही ठाउँमा देखेको हुँ’ उनले भने, ‘अहिले सीमा मिलाउने नाममा सार्न खोज्नु नेपाली भूमी अतिक्रमण गर्ने षडयन्त्र हो।’

प्रकाशित: ९ माघ २०७५ ०९:५१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App