१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

मुस्ताङमा हिमपात (फोटो फिचर)

तस्बिर सौजन्य : नवराज सुबेदी

काठमाडौं – लगातारको हिमपातले मुस्ताङको जनजीवन प्रभावित भएको छ। मंगलबारदेखि भइरहेको हिमपातले सदरमुकाम जोमसोम बजार सहित बस्ती समेत सेताम्ये भएको छ। हिमपात हुँदा कृषक र पर्यटकहरू रमाएपनि वृद्धवृद्धा, बालबालिका र पशुचौपायाँलाई भने सास्ती भएको छ।

हिउँपरेपछि मुस्ताङका नाङ्गा डाडाकाँढा, पाखा पखेरा, खर्क, सडक र बजार सबै सेताम्मे बनेका जोमसोमस्थिन नेपाल बैंक लिमिटेडका सहायक शाखा प्रबन्धक नवराज सुबेदीले बताए। उनका अनुसार हिउँ परेपछि कृषक र पर्यटकहरू रमाएका छने भने वृद्धवृद्धा,बालबालिका र पशु चौपायाँलाई भने सास्ती भएको छ।

चिसोका कारण स्थानीयहरू घर बाहिर निस्कन सकेका छैनन्। लामो समयको खडेरीपछि पानीसँगै हिउँले परेपछि कृषकहरू खुशी भएका छन्। हिमपातले मुस्ताङ भित्रका सडक समेत अवरुद्ध भएको छ।

तस्बिर सौजन्य : नवराज सुबेदी
तस्बिर सौजन्य : नवराज सुबेदी
तस्बिर सौजन्य : नवराज सुबेदी
तस्बिर सौजन्य : नवराज सुबेदी
खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App