१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्लामा बाक्लो हिमपात, किसान हर्षित

तस्बिरः डिबी/नागरिक

जुम्ला – कर्णालीका जिल्लामा भारी हिमपात भएको छ। हिमपातका कारण बिहानै देखि जनजीवन कष्टकर बनेको छ। झण्डै एक हप्तासम्म बादल देखिदै आएको थियो। राति दुई बजेदेखि फाटफुट बर्षा हुँदै आएकोमा जुम्लामा बिहान १० बजेपछि हिमपात सुरु भएको छ।

हिमपातका कारण सदरमुकाम खलंगा लगायतका टुक्रेबजार बन्द भएका छन्। सरकारी तथा गैरसरकारी कार्यालयमा सेवाग्राहीको संख्या निकै कम हुन थालेको छ। तर, किसानका लागि भने यो हिउँ अमृत समान भएको छ। चन्दननाथ नगरपालिका ५ का पुर्णसिंह कठायत यो हिउँ किसानका लागि अमृत हुने बताउँछन्।

यो वर्षको अहिलेसम्म हिउँ पनि परेन, वर्षा पनि भएन्, हिउँदेबाली सुकेर नष्ट भइसकेको थियो। उनले भने,“यो हिउँले किसानको बाली फक्रने छ। मुहारमा खुशी ल्याउने छ। उनले रातिसम्म हिउँ पर्न सके अहिलेसम्मको खडेरीलाई संबोधन गर्ने छ। उनका अनुसार दशक अघिसम्म पुस र माघ महिना गरेर झण्डै दर्जन भन्दा बढि पटक हिउँ परि सक्थ्यो। अहिले हिउँ देख्न झण्डै ६ महिना कुर्नुपर्छ। यो यहाँको किसानको लागि राम्रो पक्ष होइन्।

पुसमा हिउँ पर्दा लामो खडेरीसँग जुध्न सक्छ। त्यसले पुसको हिउँलाई सिला भनिन्छ, पुर्णसिंहले भने,“माघको हिउँ दुई दिन पनि नटिक्ने भएकोले यो हिउँलाई बिला भनिदै आएको छ।” यो हिउँमा पानीको मात्रा निकै बढि छ। यहाँको किसानले यो हिउँले जमिनमा चिस्यान ल्याउने भएकोले स्याउ बगैचाको काटछाँट, सिचाई व्यवस्थापन शुरु हुन्छ। अहिले हिउँ नपर्दा जौँ, गहुँ बाली सुकिसकेका थिए। हिमपातका कारण वृद्धावृद्ध र बालबालिका भने बढि प्रभावित छन्। उच्च भाग तिर झण्डै एक फिटसम्म हिउँ परिसकेकोमा तल्लो क्षेत्रमा हिउँ भन्दा बर्षा बढि भइरहेको छ।

हिमपातले हवाई सेजासँगै सडक सवारी पनि चल्न सकेका छैनन्। कृषि ज्ञान केन्द्रका कृषि अर्थ विज्ञ बालकराम देवकोटा यो हिउँले बोट विरुवा उत्पादन सघाउ पुग्ने बताउँछन्।  हिउँ पोखरीमा हिउँ सहजै संकलन गर्न सकिन्छ, हावामा भएको आद्रता बढ्छ, उनले भने,“पाखो क्षेत्रमा भएको हिउदे वाली फलफूलमा सहयोग पुग्नुका साथै भाईरल रुगाखोकी नियन्त्रण हुन्छ। सबै प्रदुषण निर्मुल हुन्छ।  जुम्लासँगै कर्णालीका सबै जिल्लामा हिमपात भइरहेको छ।

प्रकाशित: ८ माघ २०७५ ०६:४९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App