१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अर्थ

भूकम्पपछिको पुनर्निर्माणसम्बन्धी गोष्ठी सम्पन्न

काठमाडौं – भूकम्प अतिप्रभावित दुई जिल्लामा ‘सस्टेनेबल रिकभरीः एक्स्पिरियन्स सेयरिङ बिट्युइन नेपाल एन्ड जापान’ विषयक गोष्ठी सम्पन्न भएको छ। जाइका नेपाल र राष्ट्रिय पुननिर्माण प्राधिकरणद्वारा आयोजित गोष्ठी सिन्धुपाल्चोकमा माघ ३ र गोरखामा ६ गते सम्पन्न भएको हो। उक्त गोष्ठीमा दुबै जिल्लाका प्रमुख जिल्ला अधिकारी सबै स्थानीय तहका प्रतिनिधि, जाइका नेपाल र पुनर्निर्माण प्राधिकरणका उच्च प्रतिनिधिको सहभागिता थियो। जाइका नेपालले यी दुवै जिल्लामा ०७२ को भुकम्पपछि पुनर्निर्माण र पुनस्र्थापनामा सहयोग पु-याउँदै आएको छ।

कार्यक्रममा जाइका नेपाल र प्राधिकरणले पुनर्निर्माणसम्बन्धी हालसम्मका प्रगति प्रतिवेदन प्रस्तुत गरे। त्यसैगरी, जापानको हिगासिमाचुसिमा सहरका उपमेयर शु ओयामा र मियागी प्रिफेक्चरल सदनका सदस्य शुया ताकाहाशीले जापानमा मार्च २०११ मा गएको महाभूकम्पपछिको पुनर्निर्माण र पुनस्र्थापनाबारे अनुभव प्रस्तुत गरेका थिए। जाइकाको ‘भूकम्पपश्चातको पुनस्र्थापना तथा पुनर्निर्माण परियोजना’ सम्पन्न भएको अवसरमा सो गोष्ठी आयोजना गरिएको जाइकाले जानकारी दिएको छ। उक्त परियोजना अन्र्तगत जाइकाले पुनर्निर्माणको विभिन्न क्षेत्रमा योगदान पु¥याएको छ, जसमध्ये गोरखा र सिन्धुपाल्चोक जिल्लामा पुनर्निर्माण र पुनर्उत्थानको योजना तर्जुमा लगायत छन्। जाइकाले ‘शीघ्र प्रभाव परियोजना’ मार्फत वडा कार्यालय, पुल निर्माण, कृषि उत्पादन प्रशोधन केन्द्र, स्वास्थ्य चौकी लगायत २० वटा सार्वजानिक पूर्वाधार निर्माण गरेको छ।

सोही परियोजना अन्र्तगत ललितपुरस्थित गुइटा डोमार विपद् व्यवस्थापन पार्क भूकम्प सुरक्षा दिवसको अवसरमा हस्तान्तरण गरिएको जाइकाले जनाएको छ। माघ २ गते ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनद्वारा उद्घाटन गरिएको उक्त पार्क अस्थायी आश्रयस्थल तथा उद्घार कार्यमा सहयोग पु¥याइ विपद् व्यवस्थापन सुविधाको उपयोग गर्ने उद्देश्यले निर्माण गरिएको हो। पार्कमा एक ठूलो हल, शौचालय, आपत्कालीन सुविधाका सामान उपलब्ध छन्।

प्रकाशित: ८ माघ २०७५ ०६:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App