काठमाडौं – एनोभेसन इभेन्ट मेनेजमेन्टले राजधानीमा आयोजना गरेको ‘लिटिल स्टार अफ द इयर २०१९’को उपाधि नेरिस्का स्थापित, अभिनभ श्रेष्ठ र सोनित शाखले जितेका छन्। नेरिस्काले ‘ग्रुप–ए’, अभिनभले ‘ग्रुप–बी’ र सोनितले ‘ग्रुप–सी’ तर्फको उपाधि जितेका हुन्।
७ देखि १४ वर्षसम्मका ६५ बालबालिकाको सहभागिता रहेको प्रतियोगितामा ग्रुप एमा ७ देखि ९, ग्रुप बीमा १० देखि १२ र ग्रुप सीमा १३ देखि १४ उमेर समूहका बालबालिकाको सहभागिता थियो।
अन्तिम स्पर्धामा ‘ग्रुप–ए’तर्फ बेलिश्ना जिसी ‘फष्ट रनर अप’, एन्जेल वान्तवा ‘सेकेण्ड रनर अप’, सुनिश्का मिश्रा ‘थर्ड रनर अप’ र नेरिया न्यौपाने ‘फोर्थ रनर अप’ भए। त्यस्तै ‘ग्रुप–बी’ तर्फ प्रिन्स प्रसिद थापा, आरोनलाल श्रेष्ठ, राजा श्रेष्ठ, दीपसन भुजेल क्रमशः फष्ट, सेकेण्ड, थर्ड र फोर्थ रनरअप भए।
त्यस्तै ‘ग्रुप–सी’ तर्फ पल्सा खड्का, आस्का श्रेष्ठ, आन्नया भट्टराई र युभानी लोहनी क्रमशः फष्ट, सेकेण्ड, थर्ड, फोर्थ र फिफ्थ रनर अप भए।
प्रतियोगितामा आलिया पन्त, रियान चुशाकी, प्रक्रित केसी ‘लिटिल स्टार’, सम्बृद्धि ओझा ‘ लिटिल प्रिन्सेज’ र प्रकृत केसी ‘लिटिल प्रिन्स’ भए। आयोजक संस्थाका प्रबन्ध निर्देशक महेश केसीले बालबालिकाको प्रतिभा निखार्दै उनीहरूको सुनौलो भविश्य निर्माणतिर अग्रसर गराउने उद्देश्यले प्रतियोगिता केही बर्षदेखि नियमित आयोजना हुँदै आएको बताए।
प्रतियोगितामा मोडल तथा अभिनेता दिक्पाल कार्की, गायिका कुन्ती मोक्तान, कलाकार वीरेन्द्र हमाल, कोरियोग्राफर तेन्जु योन्जन, सन्तोष भुजेललगायतको विभिन्न प्रशिक्षणसहित प्रतियोगी अन्तिम स्पर्धामा उत्रिएका थिए।
प्रतियोगितामा ब्लू क्रस अस्पतालका निर्देशक रजत श्रेष्ठ, अनुप सक्सेना, नृत्य निर्देशक कमल राई, कला सुब्बा, गोविन्द राई, रुक्सा वैद्य, आकांक्षा भट्टराई, ‘मिस्टर नेपाल २०१७’ अक्क्षजंग रायमाझी निर्णायक थिए।
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...
एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...
यसमा तपाईको मत