सकसमा सहिद परिवार : ‘उहिले कसरी बाच्ने भन्ने लाग्थ्यो, अब कसरी मर्ने भन्ने पिर छ’

सोमबार, ०७ माघ २०७५, २१ : १८ दिनेश सुवेदी

रोल्पा– सदरमुकाम लिवाङबाट दर्जनौ पहाडहरु काटेपछि २० कोष टाढा एक दिनको पैदल यात्रा पछि पुगिन्छ रोल्पाको जेलबाङ। मगर र दलितहरुको बसोवास रहेको यहाँ तत्कालिन माओवादी युद्धका समयमा ७३ जनाले ज्यान गुमाएका थिए। यो माओवादी युद्धताका प्राय सबै केन्द्रीयदेखि तल्लो स्तरसम्मका नेताले टाउको लुकाएको गाउँ हो। अत्याधिक गरिबीमा हुर्किएका जेल्बाङीहरु सोझा र इमान्दार त छन नै परिश्रमी पनि धेरै छन्। तर दुर्भाग्य भिरालो अनि थोरै जमिन, आयआर्जन नहुनु यहाँको मुख्य समस्या हो। ३९६९.८ हेक्टर क्षेत्रफलमा रहेको यहाँ ९८४ हेक्टर मात्र खेतीयोग्य जमिन छ। प्राय खाम मगर भाषा बोलिचाली हुने यहाँ १२० भन्दा बढी माओवादी सशस्त्र द्वन्द्वका कारण अपांग छन्।

धेरैले अनाहकमा ज्यान गुमाएको यो गाउँमा एउटा यस्तो सहिद परिवार छ जो पेटभरी खान र औषधिमुलो गर्नै नसक्ने अबस्थामा छ। ‘घर त बन्यो तर बुढा आज जान्छन कि भोलि थाहा छैन। बर्खा लागेदेखि बिरामी छन्। अलि दिन भो खुट्टा पनि चल्न छोडेको छ। खाना थोरै मात्र खान्छन।’ अगेनाको छेउमा सुतेका श्रीमान मंगले बुढालाई हेर्दै फुर्की बुढाले भनिन, ‘अस्पताल पनि लगेका छैनौं। भएको एउटा छोरोलाई उहिले सेनाले मारिदिए। बुढाबुढी मात्र छौं। पैसा पनि छैन, औषधि गर्न लग्ने मान्छे पनि कोही छैन।’ माओवादी सशस्त्र द्वन्द्वका बेला मारिएका सहिद भुबन बुढाको परिवार यतिबेला बिचल्लीमा छ।

गतबर्ष सञ्चार माध्यममा सहिद भुबन बुढाका बुवा मंगले बुढाको दयनीय जीवनशैलीका बारेमा खबरहरु बाहिर आएपछि पूर्ब सभामुख ओनसरी घर्ती र उनका श्रीमान उर्जामन्त्री बर्षमान पुनले आवासका लागि घर बनाइदिएका छन्। ‘बस्ने घर त भयो तर जोडालाई अस्पताल लैजाने पैसा छैन। घरमा खाने कुरा त छैन छैन, झन अस्पताल कसरी लैजाने’, फुर्किले सुनाइन, ‘दिशा पिसाब पनि लुगामा गर्छन। राम्रोसंग बोल्न पनि सक्दैनन्। न खाने कुरा छ, न त लाउने सुत्ने लुगा छ। म आफै पनि बिरामी छुँ। उनलाई कसरी स्याहार गर्ने?’ 

आफूले बनाइदिएको नयाँ घर उद्घाटन गर्न शुक्रवार जेल्वाङ पुगेका पूर्व सभामुख ओनसरी घर्ती र उनका श्रीमान उर्जामन्त्री बर्षमान पुनको नमस्कार समेत फर्काउन नसक्ने गरी बिरामीले थलिएका मंगले बुढा उनीहरुलाई हेरेर मात्र रोइरहे। घरमा पानी तताएर खुवाउने दाउरा छैन, खाना पकाएर खुवाउने कोहि छैन। अकालमा मारिएको छोरा सम्झेर मन्त्री छेउमा मंगले रुँदै गर्दा नजिकै रहेका एक स्थानीय गुनगुनाए ‘यिनका छोराजस्ता धेरै मरे र पो नेताहरु मन्त्री भए। बिचरा बुढालाई औषधि गरिदिए पनि हुने।’

८१ पुगेर ८२ वर्षमा लागेका मंगले बुढा नागरिकता बनाउन उहिल्यै सदरमुकाम लिवाङ पुगेको बाहेक गाउँ छाडेर कतै गएका छैनन। जीवनमा जुत्ता चप्पलको अनुहार नै नदेखेका खुट्टा सँगै ८ दशक पार गरेका उनीसँग गाडी चढेको अनुभव पनि छैन। ७५ वर्षीया श्रीमती फुर्की वुढासँगको जीवन यात्रा जेलबाङमै विताइरहेका छन। २०५९ साल माघ २९ गते घर छेउमा २२ वर्षीय छोरालाई सुरक्षाकर्मीले मारेपछि विक्षिप्त बनेका मंगले बुढाको दैनिकी एक तमासको बनेको हो। 

‘२ छोरी पोइला गए। कान्छी छोरी पनि बच्चा जन्माउन नसकेर उहिले म-यो। भएको एउटा छोरो सेनाले मारिदिए। काल पर्खेका छौं। जोडाले पनि जीउ दुख्छ भन्छ। उठ्न बस्न सक्दैन। म यस्तो छु, अव पाल्ने कले हो। उहिले कसरी वाच्ने भन्ने लाग्थ्यो, अब कसरी मर्ने भन्ने पिर छ’, ओछ्यानमा थलिएका उनले बिस्तारै एकै सासमा भने। 

उमेरले नेटो काटेका बुढाबुढी। राज्यले किस्तामा दिएको राहत रकम खान पान र औषधि मुलोमा सकियो। ‘वृद्ध भत्ता आउछ, त्यसैको भरमा अलि दिन चल्छ। काम गर्न सकिँदैन। वेसाएको खाने। असौ त्यो पनि आउँछकी आउँदैन। दुःखै छ क्यार सर। दाउरा नि गर्नै परो। जोडा पनि विरामी छ। देखौ कालले नि कति दिन सताने हो’, मंगले बुढाले गह भराउँदै थपे। उनलाई देशमा राजा गएको, गणतन्त्र आएको केही थाहा छैन। छोरो सहिद भयो भन्ने सुनेका उनलाई सहिदको परिभाषा पनि जानकारी छैन। 

घर उद्घाटन गर्न मन्त्री आँगनमा आएका मंगले बुढाका जोडीले को आयो किन आयो भन्ने कुनै भेउ पाएनन्। छिमेकीले भान्सा कोठामा अगेनाको डिलमा सुतेका उनलाई उचालेर बाहिर राखे। दिशा पिसाब कपडामै गर्ने भएका कारण शरीरको तल्लो भागमा कुनै कपडा नलगाएका मंगले परिवारसंग उहिल्यैका केही कपडा मात्र छन्। ओढ्ने ओछ्याउने पुराना टाला संगालेर बनाइएको पातला सिरक र डसना मात्र छन। ‘यस्तो बिजोग छ। सहिद परिवारलाई त स्थानीय सरकारले हेर्नु पर्ने। केहि नसकेपनि खाना र उपचार त वडा पालिकाले गर्नैपर्छ’, स्थानिय माओवादी नेता चन्द्रबहादुर बुढाले भने, ‘दुःख पाएका सहिद परिवार गाउँमा अरु पनि छन तर सहारा नै नभएका यिनी एक जनालाई मर्न दिन पनि त भएन नि।’

उता गाउँमा रहेको अधिकार सहितको सरकारले यो परिवारको बारेमा केहि सोचेको छैन। ‘अझै सम्म के गर्ने भन्ने सोच बनाएका छैनौं। वडाले केहि त गर्नु पर्ला। अब छिट्टै छलफल गरेर के गर्न सकिन्छ गर्नु पर्ला’, वडा अध्यक्ष टिकाबहादुर बुढाले बताए।

छोरा मारिनुको कारण केहि थाहा नपाएका मंगले जीबन मृत्युको दोसाधमा छन। पूर्ब सभामुख ओनसरी घर्ती र उनका श्रीमान बर्षमानले घर बनाइदिए र उद्घाटन गरेर फर्के। राज्य ब्यबस्था परिबर्तन भएको भनिएको मुलुक र परिबर्तनमा सहादत भएको भनिएका सहिदका बुवा आर्थिक अभाबमा जिल्ला अस्पताल सम्म पुग्न सक्ने अबस्थामा छैनन्। 








यसमा तपाईको मत

अन्य समाचार

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टको डिलर मिट

किसान पाइप प्रडक्टस् प्रालिले विराटनगरमा डिलर मिट सम्पन्न गरेको छ । ...

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस र एन् एस् क्यास पोइन्टमा उपहार

सिटी एक्सप्रेस मनि ट्रान्सफर र एन् एस् क्यास पोइन्ट/लु लु एक्सचेन्ज मलेशियाको संयुक्त पहलमा स्क्त्र्याच एण्ड विन प्रमोसन अगस्ट १०,२०१९...

पल्सर एनएस २०० अब एबीएसमा

पल्सर एनएस २०० अब एबीएसमा

हन्सराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि., नेपालका लागि दुई पाङग्रे बजाज मोटरसाइकलहरुको एक मात्र अधिकृत वितरकले नयाँ पल्सर एनएस २०० मा...

तयारी पोसाकको सो रुम खुल्यो

तयारी पोसाकको सो रुम खुल्यो

पूर्वकै केन्द्र मानिएको इटहरीमा तयारी पोसाकका सामग्री खरिद गर्ने सो रुम खुलेको छ। ...

Ncell Footer Ad