१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

पोलिमर नोट प्रकरण : पूर्वगभर्नर रावल १० लाख धरौटीमा रिहा

काठमाडाैं- विशेष अदालतले नेपाल राष्ट्र बैंकका पूर्वगभर्नर तीलक रावललाई रु १० लाख धरौटी राखेर तारिखमा छुटने आदेश जारी गरेको छ। 

विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी, न्यायाधीशद्वय रत्नबहादुर बागचन्द र प्रमोदकुमार श्रेष्ठ वैद्यको संयुक्त इजलासले साेमवार रावललाई रु १० लाखमा धरौटी राखेर तारिखमा छुट्न आदेश दिएको अदालतका रजिष्टार भीमकुमार श्रेष्ठले जानकारी दिए। 

पूर्वगभर्नर रावललाई १५ दिनको म्याद दिएर बयानका लागि आज उपस्थित हुन विशेष अदालतले दिएको सयमानुसार उपस्थित भएर बयानदिएपछि सो रकम बुझाएर तारिखका छुटेका हुन्। 

नेपाल राष्ट्र बैंकले अष्ट्रेलियामा १० रुपैयाँ दरको पाँच करोड थान पोलिमर नोट छपाइ गर्दा अष्ट्रेलियाका स्थानीय एजेन्टमार्फत आर्थिक लेनदेन गरेको, गुणस्तरहीन नोट छपाइ भएको, नोट प्रिन्टिङमा मिलेमतो गरी गैरकानूनीरुपमा नोट छपाइ गरेको आरोपमा आयोगले गत पुसमा मुद्दा दायर गरेको थियो। 

आयोगले रावलसहित राष्ट्र बैंकका तत्कालीन नोट विभाग प्रमुख उपेन्द्रकेशरी पौडेललाई जनही रु ९१ लाख नौ हजार र पोलिमर नोट प्रिन्टको जिम्मेवारी पाएका एजेन्टको स्थानीय प्रतिनिधि मे फ्लावर लिमिटेडका हिमालयबहादुर पाँडेविरुद्ध कूल रु दुई करोड ७३ लाख बिगोसहित विशेष अदालतमा मुद्दा दायर गरेको थियो। रासस

प्रकाशित: ७ माघ २०७५ १४:३६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App