काठमाडाैं- नेपाल गुणस्तर तथा नापतौल विभागले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री गर्ने दुई पेट्रोल पम्पलाई शिलबन्दी गरेको छ।
विभागको टोलीले शिल तोडेर पेट्रोलियम पदार्थ बिक्री–वितरण गर्ने चुच्चेपाटी आयल स्टोर्स र मैतीदेवी आयल स्टोर्सलाई साेमवार शिलबन्दी गरेको हो। विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले शिल तोडेर नक्कली शिल लगाई बिक्री–वितरण गरेको आधारमा शिलबन्दी गरेको जानकारी दिए। “विभागले लगाएको शिल तोडेर उपभोक्तालाई कम तेल दिएर ठगी गरेको पाइएको छ,” उनले भने। दुबै पेट्रोल पम्पका सञ्चालक एकै जना भएको विभागले जनाएको छ।
विभागले स्ट्याण्डर्ड नाप र तौल ऐन, २०२५ तथा नियमावली २०२७ अनुसार उक्त दुबै पम्पमा शिलबन्दी तथा कारोबार रोक्का गरी थप कानूनी प्रक्रिया अगाडि बढाइएको महानिर्देशक पुडासैनीले बताए।
अन्य अटो शो भन्दा भिन्न हुने र महिन्द्रा मोविलिटी सोलुसनको पूरा रेन्जको प्रदर्शनी हुने ...
सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...
स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...
रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...
यसमा तपाईको मत