कांग्रेसद्वारा राष्ट्रिय सभा बैठक अवरुद्ध

सोमबार, ०७ माघ २०७५, १२ : २५ नागरिक

काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको छ। सरकारले गिरिजाप्रसाद कोइराला र सुशील कोइरालाको नाममा स्थापित अस्पताल खारेज गर्न लागेको भन्दै कांग्रेसले राष्ट्रिय सभा बैठक अवरुद्ध गरेको हो।

यस अघि कांग्रेस सांसदहरुले प्रतिनिधि सभा बैठकमा समेत कोइरालाद्वयको नाममा स्थापना गर्न लागिएको अस्पताल खारेज गर्न लागिएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रश्न गरेका थिए। जीपी कोइराला स्वासप्रस्वास केन्द्र तनहुँमा र सुशील कोइराला क्यान्सर अस्पताल बाँकेमा स्थापना गर्न लागिएको छ।

राष्ट्रिय सभाको आजको बैठक कांग्रेस सांसद सरिता प्रसाइले अस्पताल खारेज गर्न लागेको भन्दै आपत्ति जनाएकी थिइन्। बैठकमा स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र कुमार यादवले गिरिजा र सुशील कोइरालाको नाममा रहेको कुनै अस्पताल खारेज नभएको बताएका थिए। बैठक आधा घण्टाको लागि स्थगित भएको छ।








यसमा तपाईको मत

अन्य समाचार

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

एप्पल आइप्याडमा पनि फोटोशप आउँदै

“एडोब फोटोशप” अब एप्पलको आइप्याडमा पनि आउने भएको छ ...

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि बैंकको साना कर्जा सम्झौता

कृषि विकास बैंकले मझौला तथा साना व्यवसाय, परियोजनामा कर्जा लगानीलाई प्रोत्साहन गर्न ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विधुत उपभोक्ता राष्ट्रिय...

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले सेयर बिक्री गर्ने

हिमालयन बैंकले नौ अर्ब ६७ करोड रुपैयाँ बराबरको सेयर बिक्री गर्ने भएको छ । ...

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टमा ‘चाँदीको झिलिमिली’ योजना

मारुती सिमेन्टले दिपावली तथा छठ पर्वको अवसर पारेर ‘चाँदीको झिलिमिली’ योजना सार्वजनिक गरेको छ । ...

टेलिकमको ‘डाटा रोमिङ प्याक’

टेलिकमको ‘डाटा रोमिङ प्याक’

नेपाल टेलिकमले अन्तर्राष्ट्रिय रोमिङ सेवा लिई भारत भ्रमणमा जाने कम्पनीका मोबाइल प्रयोगकर्ताका लागि ‘डाटा रोमिङ प्याक’ सञ्चालन गरेको छ ।

सिथोसको एआई सेवा नेपालमा

सिथोसको एआई सेवा नेपालमा

अमेरिकी कम्पनी सिथोसले नेपालमा सेवा विस्तार गर्ने भएको छ । ...

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्सको कम्पनी सचिवमा श्रेष्ठ

सिटिजन्स बैंक इन्टरनेसनलको सञ्चालक समिति बैठकले राजेन्द्रलाल श्रेष्ठलाई कम्पनी सचिवमा नियुक्त गरेको छ । ...

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको एक्टिभेसनमा आँचल शर्मा

कोकको दसैं तिहार अभियानको चौथो संस्करणको ग्राउन्ड एक्टिभेसनमा अझ बढी रौनक थप्न अभिनेत्री आँचल शर्माले २२, २३ र २४ अक्टोबरमा...

Ncell Footer Ad