१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

अभिभावक बेपत्ता भएपछि तनाव

दक्षिणकाली नगरपालिका–३, भञ्ज्याङ गाउँका राजकुमार कुँवर मंसिर २२ गतेदेखि सम्पर्कविहिन भएपछि उनको परिवार तनावमा परेको छ । बिहानको खाना खाएर घर मुन्तिर बारीमा जान्छु भनेर हिँडेका कुँवर नफर्किएको परिवारले जनाएको छ ।

खेती किसानी गरेर जीविका चलाउँदै आएका ५७ वर्षीय कुँवर गहुँगोरो वर्णका छन्। ‘आफन्त र इष्टमित्रहरूकोमा खोजी गरिसक्यौं,’ कान्छा छोरा लक्ष्मणले भने, ‘खोजी गरिदिन प्रहरीमा निवेदन पनि दिएका छौं । तर पत्ता लागेको छैन ।’ उनले मोबाइल फोन बोक्ने गरेका छैनन् । भञ्ज्याङ गाउँबाट करिब ३ किमि दूरीमा फर्पिङ चोक छ । त्यहाँबाट बसमा चढेर काठमाडौंतिर लागेको भन्नेसम्म सुनिएको लक्ष्मणले बताए । कतै भेटिएमा छोरी सरुलाई ९८४३०२८५१७ र छोरा लक्ष्मणलाई ९८४१७७४४५८ मा खबर गरिदिन परिवारजनले आग्रह गरेको छ।  

 

प्रकाशित: ७ माघ २०७५ ०४:४० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App