१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

भक्तपुरका इटा भट्टाको कालो धुवाँ

भक्तपुर - काँचो इटा पोल्न थालेसँगैै भक्तपुुरमा इटाभटाले धमाधम धुवा फाल्न सुरु गरेका छन् । काँंचो इटा पोल्न भटामा आगो लगाउन सुरु गरेसँंगै धुवा फाल्न सुरु गरेका हन् । 

प्रत्येक वर्ष प्रायजसो पुसको दोश्रो यहांका इटाभटामा इटा पोल्न आगो लगाउन सुरु हन्छ । पुसको दोश्रो हप्तादेखि आगो लगाउन सुरु हँुदै अहिलेसम्ममा झण्डै सवै इटाभटामा आगो लगाइसकेका छन् । भक्तपुर इटा उद्योग व्यवसायी संघले राखेको तथ्यांकअनुसार जिल्लामा ६२ वटा इटाभटाहरु सञ्चालित छन् ।

वातावरण प्रदुषणको प्रमख कारकको रुपमा आलोचित यहाँंको इटाभटाले जनजीवन नै प्रभावित पार्ने गर्दै आएको छ । विशेष गरेर यसको प्रत्यक्ष असर किसानलाई पार्ने गर्दै आएको छ। किसानको बालीनालीमा यसले प्रत्यक्ष नकारात्मक असर पार्ने गर्दै आएको छ ।

किसान हरिबहादुर छुस्यावागले प्रत्येक वर्ष इटाभटाबाट निस्कने धवाले खेतमा लगाएको सेतो काउली कालो हने गरेको स्मरण गरे । ‘यो वर्ष पनि केही हप्तापछिबाट नै यो समस्या दोहरिने निश्चित जस्तै छ, उनको चिन्ता छ, इटाभटाका कारण हामी सधै मारमा पर्ने गरेका छौ ।’ सेतो काउलीलाई कालो हुनबाट जोगाउन पातले छोपेर जोगाउने किसानहरुले स्मरण गरे । भक्तपर किसानको जिल्ला भनेर अझै परिचित छ । यहाँं धेरै परिवार अझै पनि किसानी पेशाबाट जिविका चलाउँंछन् ।

जिल्लामा एकै ठाउँंमा पनि धेरै इटाभटा चल्छन् । पुराना दुई वटाबाहेक नयाँं दुवै वटा नगरपालिका क्षेत्रमा यहा इटाभटा चल्छन् । पुरानो भक्तपुर र मध्यपुर थिमि नगरपालिकाबाहेक नयाँ नगरपालिकाको रुपमा रहेको सूर्यविनायक र चाँंगनारायण गरी दुई वटा नगरपालिकामा इटाभटा चल्छन् ।

भक्तपर इटाभटा व्यवसायी संघका अध्यक्ष नातिभाइ ह्याेंवाले यो वर्ष पुस ५ गतेदेखि इटाभटामा आगो लगाउन सुरु गरेको जनाए । यो वर्ष पुसको तेश्रो हप्ताभित्रमा सवै इटाभटाले आगो लगाइसकेको उनले जनाए ।

अहिले नयाँं प्रविधिको इटाभटाले प्रदूषण नगर्ने दावी उनले गरे । ‘नयाँं प्रविधिको यो इटाभटाले प्रदूषण हँदैन, उनले जिकिर गरे, पहिलाको जस्तो पुुरानो प्रविधिको इटाभटाले जस्तो नयाँं प्रविधिको इटाभटाले धवा फाल्दैन ।’

उपत्यकामा चल्ने कुल भटामध्ये आधाभन्दा वढी इटाभटा यहाँं चल्छन् । उपत्यकाभर भने एक १० वटा इटाभटा सञ्चालन रहने नेपाल इटा उद्योग व्यवसायी महासंघको तथ्यांक छ । पुसदेखि चल्ने इटाभटा जेठसम्म गरी ६ महिना चल्ने गर्दछ ।  

 

प्रकाशित: ७ माघ २०७५ ०४:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App