१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

आयुष्मान–शिल्पाको ‘सानो मन’

काठमाडौं - सांगीतिक प्रेमकथामा रहेर नयाँ फिल्म ‘सानो मन’ निर्माण हुने भएको छ । सुयोग गुरुङको ‘डेब्यु’ निर्देशन रहने फिल्ममा आयुष्मान देशराज जोशी र शिल्पा मास्केको जोडीले रोमान्स गर्नेछन्।

फिल्मको गत मंगलबार राजधानीमा एक कार्यक्रमबीच निर्माण घोषणा गरियो । कार्यक्रममा नायक आयुष्मान फिल्ममा आफु ‘निर्वाण’ चरित्रमा देखिने बतााए । ‘फिल्मको कथा सामान्य छ । मिठो छ । छोटो छ र राम्रो छ’, उनले भने । नायिका शिल्पाले दुई वर्ष अघि आफु लण्डनमा हुँदा नै फिल्मको स्क्रिप्ट सुनेको बताइन् । ‘फिल्ममा म सानियाको भुमिकामा छु । स्क्रिप्ट मन परेका कारण फिल्म छोड्न सकिनँ’, उनले भनिन् । यसअघि शिल्पाले ‘कागजपत्र’ र ‘द ब्रेकअप’ मा काम गरिसकेकी छिन्।

निर्देशक गुरुङले ‘सानो मन’लाई आफ्नो ड्रिम प्रोजेक्ट रहेको बताए । ‘यो करिब २ वर्ष अगाडिको प्रोजेक्ट हो । तर कहिलेकाहीँ आफैंलाई केही कुरामा चित्त नबुझ्दो रहेछ । यसैले केही समय लाग्यो’, उनले भने, ‘फिल्मलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राख्ने छैनौं।’

माघ ७ गतेबाट सुटिङ सुरु हुने फिल्म काठमाडौं, भैरहवा, हङकङ र मकाउमा छायांकन हुनेछ । योगेश गुरुङ, राजिव श्रेष्ठ र राजेन्द्र मानन्धर निर्माता रहने फिल्ममा गौरी मल्ल, विशाल पहारी, शिशिर वाङ्देल, रश्मी भट्टलगायतका कलाकारहरूको पनि अभिनय रहनेछ । फिल्ममा समिर सुनवार र निर्देशक गुरुङको लेखन, आलोक शुक्लाको छायांकन, साजन सिंहको कोरियोग्राफी र सुयोग सोताङको संगीत हुनेछ।

प्रकाशित: ७ माघ २०७५ ०२:२९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App