१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

तेक्वान्दोको प्रारम्भिक छनोट

काठमाडौं - जापानको टोकियोमा सन् २०२० मा हुने ओलम्पिकका लागि ३ पुरुष र २ महिला खेलाडीको प्रारम्भिक छनोट गरेको छ ।

सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको एकेडेमीमा आइतबार आआफ्नो स्पर्धामा पहिलो भएका खेलाडीको प्रारम्भिक छनोट गरिएको छनोट समितिका संयोजक भानबहादुर चन्दले जानकारी दिए।  पुरुष ५८ केजीमुनि प्रहरीका मनोज मल्ल छनोट भए । मनोजले फाइनलमा १८औं एसियाड खेलेका सागर गुभाजुलाई २३–१६ ले स्तब्ध बनाए ।

६८ केजीमुनि प्रहरीका वीरबहादुर महरा पहिलो भए । गत एसियाड खेलेका वीरबहादुरले फाइनलमा एपिएफ क्लबका उमेश राजभण्डारीलाई ३३–१२ ले हराए । ८० केजीमुनि फाइनलमा प्रहरीका निश्चलमान श्रेष्ठले आर्मीका रामहरि महतको चुनौती १४–१० ले समाप्त पार्दै शीर्ष स्थानमा रहे ।

महिला ४९ केजीमुनि आर्मीकी युनिशा राई पहिलो बनिन् । युनिशाले फाइनलमा गत एसियाडमा प्रतिस्पर्धा गरेकी अस्मिता खड्कालाई २८–२० ले निराश पारिन् । ५७ केजीमुनि प्रहरीकी निमा गुरुङले आर्मीकी रेश्मा थापामाथि २०–८ को सहज जित निकाल्दै प्रारम्भिक टोलीमा छनोट भइन् । 

एकदिने छनोटअन्तर्गत पुरुषमा ३ स्पर्धामा ३५ तथा महिलामा २ स्पर्धामा १३ खेलाडीले प्रतिस्पर्धा गरेको तेक्वान्दो मुख्य सहायक प्रशिक्षक नवीनकुमार श्रेष्ठले जनाएका छन् ।

 

प्रकाशित: ७ माघ २०७५ ०२:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App