१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

बिहानैदेखि बन्द बल्खु–हेटाैंडा सुमो सेवा सहमतिपछि सञ्चालनमा

काठमाडौँ– बल्खुबाट फर्पिङ मार्ग भई मकवानपुर, बारा, पर्सा, सर्लाहीलगायत स्थानमा चल्ने टाटा सुमो सञ्चालन भएपछि बल्खुमा अलपत्र परेका यात्रु गन्तव्यतर्फ प्रस्थान गरेका छन्।

दिउँसो प्रहरी प्रशासन, व्यवसायी, स्थानीय राजनीतिकर्मी लगायतको छलफलपछि यातायात सेवा सञ्चालन भएको छ । दसैँमा घर जान हिँडेका यात्रुलाई रिजर्भका नाममा आफूखुसी भाडा असुल्ने यातायात व्यवसायीलाई प्रहरीले निगरानीसमेत बढाएको छ ।

सोसम्बन्धी विवादमा केही व्यवसायीले साेमबार बल्खुमा अवरोध गरेका कारण त्यस क्षेत्रमा टाटा सुमो साेमबार बिहानदेखि चल्न नसकेकामा प्रहरीले निगरानी बढाएको हो । ट्राफिक प्रहरी नायब निरीक्षक तिलक भट्टले रिजर्भ गाडीका नाममा यात्रुबाट जथाभावी रकम उठाउने व्यवसायीलाई कडा कारबाही गरिने जानकारी दिए।

उनका अनुसार काठमाडौँबाट हेटौँडाका लागि करिब रु ५०० भाडादर कायम भएकोमा केही व्यवसायीले प्रतिव्यक्ति रु एक हजार ५०० सम्म असुल गरेको पाइएको छ । प्रहरीका अनुसार बढी भाडा लिने चालक तथा व्यवसायीका बारेमा यात्रुले जानकारी दिएमा प्रहरीले कारबाही गर्नेछ ।

यातयात व्यवसायीले अनियमितता गरेपछि प्रहरीले त्यस्ता व्यवसायीलाई कारबाही गर्ने चेतावनी दिएपछि त्यसको विरोधमा व्यवसायीले अवरोध गरेका थिए । नागरिक सहायता कक्षबाट सञ्चालन गर्न व्यवसायीलाई आग्रह गरिएको जानकारी दिँदै अनियमितता गरेको सूचनाका आधारमा केही व्यवसायीलाई सवारी सञ्चालन गर्न रोक लगाइएको प्रहरी नायब निरीक्षक भट्टले बताए।

प्रकाशित: १७ आश्विन २०७३ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App