१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एपीएफलाई पराजित गर्दै आर्मी सिमरा गोल्डकपकाे सेमिफाइनलमा

बारा - सशस्त्र प्रहरीको एपीएफलाई पराजित गर्दै त्रिभुवन आर्मी क्लब दशौं संस्करणको सिमरा गोल्डकप फुटबलका सेमिफाइनल प्रवेश गरेको छ।

आइतबार सिमरा रंगशालामा भएको खेलमा आर्मीले  एपीएफलाई ४–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो। आर्मीको  जितमा  टंक बस्नेतले दुई तथा दिपक गुरुङ र सुदिल राईले एक/एक गोल गरे। एपीएफका राजन गुरुङ र आशिष लामाले समान एक/एक गोल गरे।

खेलमा दुईपटक सम्म लिएको अग्रता जोगाउन नसक्दा एपीएफ क्वाटरफाइनलबाटै वाहिरिन बाध्य भयो।  एपीएफका राजन गुरुङले खेलको ३३ औं मिनेटमा गोल गर्दै आफ्नो टोलीलाई अग्रता दिलाएका थिए। पहिलो हाफको अन्त्यतिर आर्मीले बराबरी गोल फर्कायो। टंक बस्नेतले ४३ औं मिनटमा गोल गर्दै पहिलो हाफ बराबरीमा रोक्न सफल भए।

दोश्रो हाफको सुरुवातमै एपीएफले फेरि अग्रता लियो। ४७ औं मिनेटमा आशिष लामाले गोल गर्दै अग्रता दिलाएपनि एपीएफको खुशी धेरैबेर टिकेन। ७३ औं मिनेटमा आर्मीका दिपक गुरुङले गोल गर्दै खेल २–२ को बराबरीमा ल्याए। ८६ औं मिनेटमा सुदिल राईले गोल गर्दै आर्मीलाई ३–२ को अग्रता दिलाए। त्यसपछि खेलको इन्जुरी समयमा टंकले व्यक्तिगत दोस्रो गोल गर्दै आर्मीलाई ४–२ को जित दिलाए। आर्मीले २४ घण्टा नवित्दै सिमरा गोल्डकपको अन्तिम चारमा स्थान बनायो। अब आर्मीले फाइनल प्रवेशका लागि आयोजक नव जन जागृति यूवा क्लबसँग खेल्नेछ।

प्रकाशित: ६ माघ २०७५ १४:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App