पुनः सन्दर्भीकरण

आइतबार, ०६ माघ २०७५, १६ : १४ प्रकाश जंग थापा

399


सोसल मिडियामा सम्बन्धको विषयलाई लिएर एक जोडीबीच आदान–प्रदान भएको चिठी निकै भाइरल भएको थियो। श्रीमान्ले आफ्नो असन्तुष्टि श्रीमतीलाई चिठीमार्फत व्यक्त गरेका थिए। जब मनमा लागेको कुरा फेस टु फेस भन्न सकिँदैन त्यतिबेला चिठीको सहारा लिइन्छ। ती श्रीमान्ले पनि चिठीकै सहायता लिए। चिठी यस प्रकार थियो :

प्रिय श्रीमती,
    मैले तिमीलाई सदाका लागि छाड्दै छु भन्ने जानकारी गराउन यो चिठी लेख्दै छु। हाम्रो बिहे भएको पनि ७ वर्ष भइसकेछ। यो अवधिभर म तिमीप्रति सधैँ प्रेमिल रहेँ। हाम्रो सम्बन्धलाई प्राथमिकतामा राखेँ। तर गएको दुई हप्ता मेरा लागि निकै तनावपूर्ण रह्यो। तिमीले काम छाडेको खबर तिम्रो बोसबाट सुन्नु पर्यो। तिम्रो यस्तो हर्कत मेरा लागि असह्य थियो। अघिल्लो हप्ताको कुरा हो मैले हेयर स्टाइल परिवर्तन गरेको थिएँ। तिमीले मेरो नयाँ हेयर स्टाइलप्रति कुनै चासो दिइनाैं। तिमीलाई मन पर्ने परिकार पनि पकाएको थिएँ। यति मात्र कहाँ हो र ! मैले ब्रान्डेड सिल्क बक्सर लगाएको थिएँ। अफसोच तिमीले कुनै प्रतिक्रिया दिनु जरुरी ठानेनौं। म तिम्रो भाव बुझ्न चाहन्थे तर तिमीले दुई पैसाको भाउ दिएनाैं। दुई मिनेटमा खाना खायौ। नियमित हेर्ने सिरियल हेरेपछि सुत्न गयौ। तिमीले मप्रति प्रेम भाव व्यक्त नगरेको पनि धेरै भयो। आजकल यस्तो लाग्छ तिमीमा मप्रति कुनै भावना नै छैन। तिमीलाई थाहा छ, हामीबीच शारीरिक सम्बन्ध नभएको पनि वर्ष दिन भई सक्यो ? हामी दुई श्रीमान् र श्रीमतीको रुपमा जोडेर राख्ने काम गर्न तिमी अग्रसर भएको पाएको छैन। खै हामीबीच भावनात्मक बोन्डिङ ? मलाई त शंका लाग्छ कि तिमीले मलाई धोका दिँदै छौ कि मलाई प्रेम गर्दैनाैं। कारण जे होस् अब त अति भयो। म तिम्रो जीवनबाट अलग रहने निर्णय गरिसकेँ।
तिम्रो भूतपूर्व श्रीमान्

परिशिष्ट भाग
मलाई खोज्ने कष्ट नगर्नु। तिम्रो बहिनी र म सँगै बस्ने भएका छौं। तिम्रो जीवन सुखी रहोस्। त्यसपछि श्रीमतीले आफ्नो श्रीमान्लाई चिठीमार्फत यस्तो जवाफ दिइन् :

प्रिय भूतपूर्व श्रीमान्,

विश्वास गर यो चिठीले मलाई निकै खुसी तुल्याएको छ। यू मेड माइ डे। यो कुरा सत्य हो कि हामीले ७ वर्षे वैवाहिक जीवन बितायौं। तर तिमीले दाबा गरेजस्तो असल श्रीमान् थिएनौं। तिमी प्रेमिल होइन झगडालु स्वभावको थियौ। तिमी हरेक कुरामा शंकाको दृष्टिले हेथ्र्यौ। सिकायत गर्नु त तिम्रो बानी नै थियो। तिम्रो यस्तै नकारात्मक व्यहोराबाट छुट्कारा पाउन म टिभी हेरेर समय बिताउँथे। तिमी यति रुखो आवाजमा बोल्थ्यौ कि चैनका साथ टिभी पनि हेर्न सक्ने अवस्था थिएन। तिम्रो नयाँ हेयर स्टाइल अवश्य नोटिस गरेकी थिएँ। तिमी महिलाजस्तो देखिएका थियौ। मेरी आमा भन्ने गर्नु हुन्थ्यो– सकारात्मक प्रतिक्रिया दिन सक्ने अवस्थामा छैनौ भने केही नबोल्नू। त्यही भएर कुनै प्रतिक्रिया दिन जरुरी ठानिन। मेरा लागि मन पर्ने परिकार पकाएका थियौ। त्यसका लागि धन्यवाद ! सायद तिमीले भुल्यौ होला मैले पोर्क खान छाडेको ७ वर्ष भइ सक्यो। तिमी झुक्किएको हुनुपर्छ। पोर्क मेरी बहिनीले खान्छिन् मैले होइन। अब रह्यो तिमीले लगाएको नयाँ सिल्क बक्सर। त्यस कपडामा ४४९.९९ को मूल्य ट्याग झुन्डिएको थियो। त्यही दिन बहिनीले मबाट ४ सय ५० सापटी लगेकी थिइन्। प्रार्थना गर्छु कि त्यो संयोग मात्र थियो। यो सब हुँदाहुँदै पनि केही बोलिन। तिमीलाई उत्तिकै प्रेम गरिरहेँ। लाग्थ्यो हामी सम्बन्ध सुधार गर्न सक्छाैं। हालसालै १० मिलियन डलरको चिट्ठा जितेकी थिएँ। यो खुसीको खबर साट्ने अवसर कहाँ दियौ र। यति ठूलो राशिको चिट्ठा जितेपछि काम छाडेकी हुँ। हामी दुई विश्व भ्रमण जानका लागि टिकेटको व्यवस्था गरेकी थिएँ। घर आउँदा तिमी थिएनाैं। जे हुन्छ त्यसको पछाडि केही कारण होला। आशा छ तिमी भरिपूर्ण जीवन बाँच्न सफल हुने छौ। वकिलको भनाइअनुसार तिमीले मबाट एक पैसा पनि दाबी गर्न पाउने छैनाैं। त्यसकारण आफ्नो ख्याल राख्नु।
                                                                                 तिम्रो भूतपूर्व श्रीमती,
हाल निकै धनी एवं स्वतन्त्र !

परिशिष्ट भाग
तिमीलाई बहिनीको बारेमा भने कि भनिन रे ? बहिनी कार्लाको जन्म कार्लको रुपमा भएको थियो। आशा राख्छु तिमीलाई कुनै आपत्ति हुने छैन।

         यस पत्रबाट पुनः सन्दर्भीकरणको मर्म बुझ्न सकिन्छ। यो कन्सेप्टका लागि पूर्ण क्रेडिट अमेरिकी स्पिकर लियो गुरालाई दिन चाहन्छु। यस कन्सेप्टमाथि विस्तृत चर्चा गर्नु पहिले कन्टेक्स्टको बारेमा बुझ्ने प्रयास गरौं। के हो कन्टेक्स्ट ? यसको नेपाली अर्थ हुन्छ प्रसंग–परिस्थिति–सन्दर्भ–परिवेश वा पृष्ठभूमि। पृष्ठभूमिले हामीले मान्ने वास्तविकता÷यथार्थतालाई फ्रेम लगाउने काम गर्छ। नाङ्गो आँखाले देखिने कुरा जसलाई हामी सत्य–तथ्य मान्छौं त्यसलाई कन्टेन्ट भनिन्छ। उदाहरणका लागि गणितीय तथ्यांक, वैज्ञानिक तथ्य सबै कन्टेन्ट हुन्। कन्टेक्स्टले कन्टेन्टलाई परिभाषित गर्ने काम गर्छ। कन्टेन्ट अग्रभूमि हो भने कन्टेक्स्ट पृष्ठभूमि। पृष्ठभूमिले हामीमा आउने इमोसन, हामीले देखाउने स्वभाव, मनोवृत्ति र हामीले बनाउने धारणामा ठूलो भूमिका खेल्छ। पुनः सन्दर्भीकरण भनेको कन्टेन्टलाई नचलाई कन्टेक्स्टमा परिवर्तन ल्याउनु हो। अब दुई श्रीमान्–श्रीमतीबीच आदान–प्रदान गरिएको पत्रको बारेमा चर्चा गरौं। श्रीमान्को मात्रै पत्र पढ्दा उनीप्रति हामीमा सहानुभूतिको भाव उत्पन्न भएको हुनुपर्छ। उनीप्रति केही धारणा पनि बनायौं होला। तर श्रीमतीको पत्र पढिसकेपछि श्रीमान्प्रतिको धारणा परिवर्तन हुन गयो। समस्या श्रीमतीमा होइन श्रीमान्मा छ भन्ने हामीमा नयाँ धारणाको विकास भयो। यहीलाई नै हामी पुनः सन्दर्भीकरण भन्छौं। पत्रअनुसार श्रीमान्ले पे्रम नपाएको कुरा, श्रीमतीबाट बेवास्ता हुनु परेको कुरा आदि सबै सत्य कुरा थियो। अर्थात् कन्टेन्ट थियो। श्रीमतीप्रतिको धारणा कन्टेक्स्ट थियो। उनले श्रीमतीको पृष्ठभूमि नबुझिकन धारणा बनाएका थिए। जब उनले श्रीमतीको पत्र पाए उनमा धारणा परिवर्तन भएको हुनु पर्छ। जसरी हाम्रो बुझाइमा परिवर्तन आयो। यदि उनले परिस्थिति केलाउन सकेका भए सम्बन्ध विच्छेद गर्नुपर्ने अवस्था सिर्जना हुने थिएन। त्यसैले परिस्थिति या कन्टेक्स्ट निकै महत्वपूर्ण छ।
    पुनः सन्दर्भीकरण अर्को शैलीमा पनि व्याख्या गर्न सकिन्छ। एउटी मुस्कुराइरहेकी महिलाको फोटो लिउँ। अनुहारमा मुस्कान हुनु भनेको उनी खुसी छिन्। अब त्यही तस्बिरलाई हल्का जुम आउट गरेर हेरौं। अथवा अलि टाढाबाट हेरौं। मानौं हामीले महिलालाई प्वाइन्ट ब्ल्याङ्क रेन्जमा पेस्तोल ताकेको अर्को व्यक्ति पनि देख्यौँ। अब बल्ल वास्तविकता प्रस्ट हुन्छ। महिला खुसी छैनन् र मुस्काउन फोर्स गरिएको छ भन्ने कुरा सतहमा आउँछ। जुम आउट गर्नाले सम्पूर्ण परिवेश परिवर्तन गरिदियो। तस्बिरमा मुस्कुराउने महिला उही हो तर अलि टाढाबाट हेर्दा उनीप्रतिको धारणा फेरियो भन्नुको अर्थ कन्टेक्स्ट फेरियो। यसैलाई पुनः सन्दर्भीकरण भनिन्छ। अर्को शब्दमा भन्दा पुनः सन्दर्भीकरण भनेको अग्रभूमि र पृष्ठभूमि बीचको भिन्नता केलाउनु हो। अग्रभूमिलाई फेरबदल नगरी पृष्ठभूमि परिवर्तन गर्ने टुल÷विधि हो।

अब केही कन्टेक्स्टको बारेमा चर्चा गराैं।
(क) भाषिक कन्टेक्स्ट
    मानाैं एक व्यक्ति हाम फाले। यो वाक्यबाट के बुझ्ने ? एक व्यक्ति हाम फालेको भन्ने मात्र बुझिन्छ। अब परिस्थिति खुलाएर माथिको वाक्य निम्नअनुसार परिवर्तन गरौं। यसलाई हामी यसरी परिवर्तन गर्न सकिन्छ। एक व्यक्ति स्विमिङ पुलमा हाम फाले र त्यहाँ पानी थिएन। बल्ल हामीले व्यक्ति जीवन र भरणसँग खेल्दै छन् भन्ने बुझ्यौं। फेरि अर्को केही हरफ, एक व्यक्ति हवाई जहाजबाट हाम फाले। उनीसँग बिग्रिएको प्यारासुट थियो। यो घटनाक्रम उनले काम गरेको चलचित्रको ड्रिम सिक्वायन्स थियो। सम्पूर्ण हरफ पढेपछि व्यक्ति हाम फाल्नुको बुझाइ पूरै परिवर्तन भयो। फेरि एउटा उदाहरणः मानौं तपाईंको प्रेमिका तपार्इंकै मित्रसँग रात बितायो रे। तपाईंलाई यो कुरा थाहा लाग्दा कति पीडा हुँदो हो ? कति रिस उठ्दो हो ? तर तपार्इंलाई थप जानकारी दिइयो रे। परिवेश प्रष्ट बनाइयो रे। तपाईंको प्रेमिका र तपाईंको साथीलाई एक साइको व्यक्तिले अपहरण गरेका थिए। ती साइको व्यक्तिले उनीहरुबीच संभोगको दृश्य कैद गर्न चाहेका थिए। उनले त्यसका लागि फोर्स पनि गरेका थिए बन्दुकको डर देखाएर। अब भन्नुस् तपाईंमा कस्तो भाव उत्पन्न हुन्छ ? पूरै परिवेश बुझेपछि अवश्य नै पहिले जस्तो पीडा हुँदैन। तपार्इं माफी दिन सक्नु हुन्छ किनभने उनीहरु त्यो कर्तुत गर्न बाध्य थिए। तपाईंको प्रेमिका पर पुरुषसँग सुतेको सत्य हो तर त्यो हुनुको पछाडि परिवेश थाहा हुँदा तपार्इंमा समानुभूतिको भावना उत्पन्न भयो। यहाँबाट के पुष्टि हुन्छ भने पृष्ठभूमि बुझ्नु निकै महत्वपूर्ण हुन आउँछ।

(ख) सामाजिक कन्टेक्स्ट
    हामीले समाजमा गर्ने काम सामाजिक परिवेशसँग मेल खानु पर्छ। उदाहरणका लागि मानौं हामी भोजमा सरिक भएका छौं। त्यस भोजमा खाइसकेपछि डकार काड्ने प्रतियोगिता राख्यौं भने के होला ? यही काम फेरि जब हामी घरमा परिवार र नजिकको साथिभाइसँग हुन्छौं भने गर्न सकिन्छ। मनोरञ्जन गर्न सकिन्छ। त्यसैगरी नेपालमा पनि रेड लाइट एरियाको आवश्यकतामाथि तर्क गरिन्छ। के यो नेपाली परिवेशको निम्ति पाच्य छ ? केही विकसित राष्ट्रहरुमा रेड लाइट एरियाको व्यवस्था छ। तर के हाम्रो मानसिकता र समाज उनीहरुको जत्तिकै विकसित छ ? कहिलेकाहीँ समलिङ्गी बिहेको पनि कुरा उठ्छ। अमेरिकामा त सन् २०१५ देखि मात्र समलिङ्गी बिहेलाई कानुनले मान्यता दियो। के नेपाली समाज त्यसलाई स्विकार्न तयार होला ?

(ग) मेटाफिजिकल कन्टेक्स्ट
    हामी विभिन्न विचार सिद्धान्तबाट ओतप्रोत भएका छौं। जसकारण हामी यो नै सिद्धान्त हामीले अनुभूत गर्ने वास्तविकता व्याख्या गर्न प्रयोग गर्छौं। यसले हाम्रो जीवन, सम्बन्ध, बिजनेस र हामीले मान्ने धर्मलगायत राजनीतिमा ठूलो प्रभाव पार्छ। हामी जे व्याख्या गर्छौं त्यसैलाई वास्तविकता मान्छौं। उदाहरणका लागि आधुनिक विज्ञानलाई लिउँ। कुनै बेला न्यूटनले गुरुत्वाकर्षणको नियम प्रत्युत्पादन गरेका थिए। पछि आइनस्टाइन सापेक्षताको नियम लिएर आए जसले न्यूटनको नियमलाई रिजेक्ट गरिदियो। हाम्रो संसारप्रतिको बुझाइमा आमूल परिवर्तन आयो। वैज्ञानिक सिद्धान्तहरु अवधारणा मात्र हुन्। अर्थात् कन्टेक्स्ट हुन्। त्यसको पुनः सन्दर्भीकरण गर्न सकिन्छ।
अन्त्यमा,
परिवेश–पृष्ठभूमि प्रति संवेदनशील हुनु। परिवेशको महत्वलाई अनुभूत गर्नु। तल एउटा चित्र हेरौं।

चित्रमा देखिएको गिलास कन्टेक्स्ट हो। त्यो गिलासमा जे जति राख्न सकिन्छ ती सबै कन्टेन्ट हुन्। मानौं गिलासभरि पानी राखियो रे। अब थप मात्रा पानी राख्न सकिएला ? त्यसका लागि गिलासको आकार बढाउनु पर्छ। यसको अर्थ हो कन्टेक्स्ट फराकिलो बनाउनु। गिलासको बिटमा प्वाल छ भने पानी–कन्टेन्ट जति सुकै उत्कृष्ट होस् त्यहाँ अटाउन सक्दैन। त्यसकारण उचित परिणामका लागि कन्टेन्ट मात्र सही होइन कन्टेक्स्ट पनि सही हुन जरुरी छ। कन्टेन्ट गलत छ तर कन्टेक्स्ट सही छ भने परिणाममा खासै फरक पर्दैन। हाम्रो बुझाइमा गलत हुँदैन। जुन कुनै निर्णय गर्दा होस् वा प्रतिक्रिया जनाउँदा होस् त्यस पछाडिको ऐतिहासिक, सामाजिक, मानसिक एवं आध्यात्मिक पृष्ठभूमिलाई केलाउनु। अग्रभूमि सजिलै देखिन्छ। पृष्ठभूमि देख्न तेस्रो आँखा खोल्नु पर्छ। के तपाईंका तेस्रो आँखा खुला छन् ? ठूलो दृश्यात्मक बुझाइका लागि तयार हुनुहुन्छ ?







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...