१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेपालकाे प्राथमिकतामा अन्तर्राष्ट्रिय लगानी, प्रविधि र ज्ञान

काठमाडौं - मुलुकको आर्थिक विकासका लागि अन्तर्राष्ट्रिय लगानी, प्रविधि र ज्ञान भित्र्याउन पहल गरिने भएको छ । वल्र्ड इकोनोमिक फोरमको ४९औं वार्षिक बैठकमा सहभागी हुन आइतबार स्विट्जरल्यान्ड जान लागेका प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकमा नेपालले प्राथमिकतामा राखेका विषयबारे अन्तर्राष्ट्रिय समुदायलाई जानकारी गराउनेछन् । ‘फोरमलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले मुलुकको राजनीतिक परिवर्तन, संविधान निर्माण र निर्वाचनबारे जानकारी गराउँदै नेपाल आर्थिक विकास र समृद्धिको बाटोमा अघि बढ्न चाहिरहेको विषयमा जोड दिनुहुनेछ,’ प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले भने ।

प्रधानमन्त्री ओलीले जनवरी २२ र २३ मा ‘स्ट्राटेजिक आउटलुक अन साउथ एसिया’ र ‘स्यापिङ दि फ्युचर डेमोक्रेसी’ विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै उनले २३ जनवरीमा विश्व अर्थ जगत्का नेतृत्वसँगको अन्तक्र्रियामा पनि सहभागिता जनाउनेछन् । भ्रमणका क्रममा उनले विभिन्न मुलुकका राजनीतिक तथा आर्थिक क्षेत्रका नेतृत्वसँग पनि ‘साइडलाइन’ भेट गर्ने कार्यक्रम छ ।

कार्यक्रममा संसारका मुख्य लगानीकर्ताहरूको समेत जमघट हुने भएकाले नेपालले लगानीका प्राथमिकताका क्षेत्रबारे जानकारी दिने सल्लाहकार भट्टराईले बताए । नेपालमा अन्तर्राष्ट्रिय क्षेत्रको लगानी भिœयाउने नीतिगत योजना तथा लगानीकर्तालाई दिइने सेवासुविधाबारे पनि बताइने सल्लाहकार भट्टराईको भनाइ छ । नेपाल नयाँ चरणमा प्रवेश गरेकोप्रति अन्तर्राष्ट्रिय समुदायको सकारात्मक चासो रहेको उल्लेख गर्दै उनले पछिल्लो समय विभिन्न मुलुकले नेपालसँगको सम्बन्ध विस्तारका लागि चासो राखेको दाबी गरे । ‘प्रधानमन्त्रीको न्युयोर्क भ्रमण, परराष्ट्रमन्त्रीको अमेरिका, युरोप र जापान भ्रमण, अहिले प्रधानमन्त्रीले गर्न लागेको भ्रमणले पनि यसलाई पुष्टि गर्छ,’ उनले भने । नेपाल नयाँ चरणमा प्रवेश गरेकोबारे विश्व समुदायलाई जानकारी गराइने भट्टराईको स्पष्टोक्ति छ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज पौड्याल फोरममा संसारभरका ‘हेबीवेट’हरूको उपस्थिति रहने भएकाले त्यसमा नेपालको सहभागिता निकै महŒवपूर्ण हुने बताउँछन् । ‘यो फोरममा राजनीतिक, आर्थिक, रणनीतिक, बौद्धिकलगाय विभिन्न क्षेत्रका व्यक्तित्वहरूले संसारलाई दिशानिर्देश गर्ने भएकाले यसमा हुने नेपालको सम्बोधन निकै महŒवपूर्ण हुनेछ,’ उनले भने । यसले तत्कालै कुनै फाइदा नदिए पनि दीर्घकालमा मुलुकलाई दिशानिर्देश गर्न सहयोग पुग्ने पौडेलको भनाइ छ ।

प्रधानमन्त्री ओली नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यसतर्फ जान लागेका हुन् । उक्त कार्यक्रममा नेपालका प्रधानमन्त्रीले पहिलोपटक सहभागिता जनाउन लागेको हो । बैठक जनवरी २२ देखि २५ सम्म आयोजना हुँदै छ । प्रधानमन्त्रीको भ्रमण टोलीमा श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, अर्थमन्त्री युवराज खतिवडा र अन्य उच्चस्तरीय सरकारी अधिकारी रहने जनाइएको छ । प्रधानमन्त्री ओली भ्रमण सम्पन्न गर्दै २६ जनवरीमा स्वदेश फर्किने कार्यक्रम छ ।

प्रकाशित: ६ माघ २०७५ ०३:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App