पुस्तक चर्चा

मधेसको राजनीतिक स्केच

शनिबार, ०५ माघ २०७५, १२ : २५ नीरज लवजू

142


मधेसको भौगोलिक परिभाषा के हो ? आज पनि यो प्रश्नको परख गर्दा धेरै थरि मत बाझिनेछन्। नेपालको पूर्वदेखि पश्चिमसम्मको दक्षिणी समथर भूभागलाई ‘मधेस’ भन्नु ऐतिहासिक र राजनीतिक रूपमा कति ठीक वा बेठीक ? मधेस र तराईबीच भिन्नता के हो ? यस्ता धेरै प्रश्नमा लामो छलफल गर्न सकिन्छ। तर, नेपालको राजनीतिक भूगोलमा ‘मधेस’ शब्द पछिल्लो दशकमा विभिन्न परिभाषा सहित कुनै न कुनैरूपमा हावी रह्यो। प्रतिगमनविरोधी आन्दोलनको सफलतासँगै देशमा गणतन्त्र स्थापना भयो। त्यसक्रममा इतिहासले था“ती राखेका धेरै मुद्दा सतहमा आए।

तिनमा मधेस वा तराईमाथि राज्यसत्ताले गरेको उत्पीडनको मुद्दा पनि प्रमुख राजनीतिक संघर्षको विषय बन्यो। देशकै राजनीतिक समीकरणको सर्वोच्च दस्तावेज संविधान निर्माणको संवेदनशील समयमा मधेस मात्र होइन, सबै भूगोल, क्षेत्र, जाति, समुदाय र विचारधाराले आफ्नो हक र अस्तित्व खोज्नु अस्वाभाविक पनि होइन। तथापि मधेस देशका अरू कुनै पनि स्वार्थ समूहभन्दा महत्वको विषय बनिरह्यो, त्यसको कारण हो– नेपालको भूराजनीतिक अवस्थिति।

तीन दिशाबाट भारतले नेपाललाई घेरेको छ। एउटै दिशा उत्तरमा चीनसँग जोडिएको छ। तर, उत्तरको भौगोलिक जटिलताका कारण नेपालको अर्थतन्त्र, संस्कृति, इतिहास र राजनीतिमा उत्तरको चीनभन्दा दक्षिणको भारतकै हालीमुहाली चल्दै आएको सर्वस्वीकार्य सत्य हो। त्यसैले विद्वानहरू नेपाललाई भूपरिवेष्ठित मात्र नभएर ‘भारत–परिवेष्ठित’ भएको बताउ“छन्। यो भूराजनीतिक र रणनीतिक सन्दर्भमा पनि मधेस मुद्दा यो दशकमा अझ संवेदनशील र जल्दोबल्दो मुद्दा बन्यो।

देशमा संविधान सभाको निर्वाचन हुनुपूर्व मधेसमा सुरू भएको आन्दोलनदेखि नया“ संविधानअनुसार भएका तीन तहका राज्यको निर्वाचनसम्म मधेसले लिएका आरोह अवरोहको राजनीतिक मार्गबारे कसै न कसैले इतिहासको खातामा लेख्नैपर्ने थियो। समयको यो संवेदनशील काललाई इतिहासको क्यानभासमा अहिले नै कसैले स्केच नगर्दा कतिपय स–साना तर ज्यादै महत्व बोकेका तन्तु छुट्ने सम्भावना थियो। पत्रकार वसन्त बस्नेतको पुस्तक ‘७२ को विस्मय’ले यो सम्भावनालाई रोकेको छ। सुललित भाषा, प्रस्तुति शैली र गहन अनुसन्धानका कारण नेपालको पत्रकारितामा तुलनात्मकरूपमा छोटो समयमै स्थापित बन्न पुगेका वस्नेतले आफ्नो पहिलो पुस्तक ‘०७२ को विस्मय’ मा मधेस मुद्दाबारे सुरूदेखिको प्रवाहलाई सुक्ष्मरूपमा पस्कन सफल छन्। विशेषतः मधेस बिटमै केन्द्रित भएर पत्रकारिता गर्दा लेखक आफैं त्यस मुद्दाको स्रोत व्यक्ति बनिसकेका थिए। उनले एक दसकको नोटबुकभित्र निहीत खजाना पुस्तकमा भण्डारण गरी नेपालको समकालीन अध्ययन र इतिहास लेखनमा महत्वपूर्ण इँटा थपेका छन्।

नेपालको आधुनिक इतिहासमा मधेस मुद्दाको प्रवेशबाट सुरू पुस्तकमा विशेषतः ‘पहिलो मधेस आन्दोलन’यता मधेसमा भएका सबै राजनीतिक घटनाक्रमलाई निष्पक्षताका साथ सुक्ष्म अध्ययन गरिएको छ। मधेसको विषयमा लेख्दा कतिपय लेखकले मधेसमा उठेको संघर्षलाई निरपेक्ष ‘पहाडी सत्ता’को उत्पीडनको परिणामका रूपमा मात्र हेर्ने गरेका छन्। अर्को थरि लेखकले मधेस भन्नासाथ भारतको कोणबाट मात्र हेर्ने गरेको पनि पाइन्छ। त्यही घटनालाई पनि फरक दृष्टिकोणले हेर्दा भिन्न निचोड निकालिएका मनग्ये उदाहरण छन्। ‘०७२ को विस्मय’ मा त्यसप्रकारका पूर्वाग्रहबाट टाढा बस्ने भरपूर प्रयास गरिएको छ। लेखकले सुरूमै एक जना पहाडमा जन्मेका पत्रकारको आ“खाले मधेसमा भएका राजनीतिक घटनाक्रमको परखका रूपमा पुस्तक पस्केका छन्। तर, उनी सकभर त्यसप्रकारको पूर्वाग्रहबाट भने मुक्त देखिन्छन्।

‘एक मधेस, स्वायत्त प्रदेश’को नाराका साथ उठेको मधेसको आन्दोलन अन्ततः आफूले आँकेको भन्दा निकै कम मात्र उपलब्धि हासिल गरेको लेखक बस्नेतको अध्ययनको सार देखिन्छ।

मधेसलाई हेर्दा भारतमात्र देख्नु र भारत देख्दै नदेख्नु दुवै कोणले नेपालको दक्षिणी भूभागको राजनीतिको सही अध्ययनबाट हामीलाई टाढा राख्नेछ। ‘०७२ को विस्मय’मा ती दुवै दृष्टिकोणबाट एकै चोटी अलग अनि एकाकार हु“दै समयको सही प्रवाहलाई समात्ने प्रयन्त गरिएको छ। पटक पटक गरी मधेसमा योबीच तीन पटक ठूलठूला आन्दोलन भए। केही दशकपहिले नै बीजारोपण गरिएको ‘मधेसमाथि पहाडिया सत्ताले उत्पीडन गरेको छ’ भन्ने भावनामा आधारित भएर ‘संविधान निर्माणको क्रममै अधिकारका लागि लड्नुपर्छ’ भनी मधेसमा आन्दोलनको सुरुवात भएको देखिन्छ। त्यही आन्दोलनको राजनीतिक पूँजी आफ्नो पक्षमा ल्याउन पहिले विभिन्न राजनीतिक पार्टीमा आबद्ध नेताहरूले नै विभिन्न नामका मधेसी पार्टी खोल्दै ‘मधेसको नेता’ बन्ने प्रयास थाले। तीमध्ये कतिपय नेता भारतीय संस्थापनको आदेशकै शिरोपर गर्दै अघिल्ला राजनीतिक पार्टीको जिम्मेवारी त्याग्दै मधेसी पार्टीमा आबद्ध देखिए। मधेसमा पहाडिया सत्ताले उत्पीडन गरेका भन्ने भावना उछाल्न र त्यही भावनाबाट उठेको आन्दोलनलाई राजनीतिक पूँजीकरण गर्न भारतीय संस्थापनले खेलेको भूमिकालाई पुस्तकमा राम्ररी पस्किएको छ।

मधेसका नेपाली जनताको देशभक्तिबारे सन्देह गर्नु उनीहरूप्रतिको पूर्वाग्रह हो। ढाका टोपीमै मात्र देशभक्ति देख्नु फासीवादी सोचको बिज हो। तर, अधिकांश मधेसी नेताहरूमा भारतकै भरमा आन्दोलन गर्ने र राजनीतिक शक्ति आर्जन गर्ने पराधीन सोच भने ‘०७२ को विस्मय’ले पनि उजागर गरेको छ। अधिकारको आन्दोलन अरूको खुट्टामा उभिएर कहिल्यै दिगो नहुने वास्तविकता नेपालकै इतिहासका विभिन्न घटनाक्रमले पनि उजागर गरेका छन्। तर, मधेसी जनताको भावनाविपरित भारतकै भरमा अधिकार हासिल गर्ने विचार भने मधेसी नेताको पराधीन मानसिकताको द्योत्तक हो।

‘एक मधेस, स्वायत्त प्रदेश’को नाराका साथ उठेको मधेसको आन्दोलन अन्ततः आफूले आँकेकोभन्दा निकै कम मात्र उपलब्धि हासिल गरेको लेखक वस्नेतको अध्ययनको सार देखिन्छ। त्यसको निम्ति उनले प्रष्टतः यही कारण भनी औंल्याएका छैनन्। तर, पाठकलाई मधेसी नेता र भारतको आक्रामकता नै अन्ततः त्यसको कारण बन्न गएको बुझ्ने बनाएका छन्।

मधेसलाई दुई कोणबाट बुझ्न जरुरी छ। एकथरि मधेस सधैं सत्तासँग नजिक बस्दै आएको छ। सत्ताकै आडमा उनीहरू मधेसी जनताकै शोषण गर्दै आएका छन्। जमिनमाथिको स्वामित्वमा आधारित यो शोषणमूलक आज पनि फरकरूपमा अस्तित्वमा छ। आज मधेसी नेता भनी राजनीतिमा उदाएका अधिकांश नेता यही वर्गीय पृष्ठभूमिबाट आएका छन्। अर्को थरी मधेस पनि छ, जसको प्रतिनिधित्व विभिन्न जात–जाति र समुदायबाट आएका श्रमिक जनताले गर्छन्। अघिल्लो थरी मधेसको लागि मधेसीको अधिकारको अर्थ विद्यमान शासन सत्तामा आफ्नो पनि अंशियारी दाबी गर्नु हो। यो वर्गलाई देशले पाएका आजसम्मको कुनै पनि शासन प्रणालीसँग त्यत्ति धेरै आपत्ति छैन। तर, आफूले ओगट्दै आएको सम्पत्ति नै उनीहरूको प्रधान चासोको विषय हो। भारतीय संस्थापन भनिने शासक वर्ग नै यो वर्गको सहयोगी आधार हो। यो वर्ग भारतको ठूलो आकारका कारण लघुताभासले बरोबर सताउने गर्छ। फलतः आफ्नो जगभन्दा भारतीय समर्थनको भरमा राजनीतिक शक्तिको अपेक्षा गर्छन्। नेपाली सत्ताभोग गरेका अरु नेताको सन्दर्भमा पनि यो कम सान्दर्भिक भने छैन। अर्को मधेसको मित्र पनि भारतमै छ, जो भारतीय संस्थापनसँगै लडिरहेका छन्।

पछिल्लो दशकको मधेसको घटनाक्रमबारे बस्नेतले निकै मिहिनेत साथ पुस्तक तयार गरेको देखिन्छ। पत्रकार हुनुको नाताले उनको लेखाईमा त्यही अनुसारको रिर्पोटिङ शैली आउनु स्वाभाविक र मज्जालाग्दो कुरा हो। झण्डै तीन सय पृष्ठको पुस्तक २०६२ साल यताको नेपालको इतिहास बुझ्ने सन्दर्भ सामग्री हुन सक्छ। फाइन प्रिन्टले यो पुस्तक प्रकाशन गरेको हो। पुस्तकमा बहस र छलफल गर्न सकिने धेरै पक्ष छन्, जुन छलफल र बहसले अन्ततः नेपाली समाजलाई सुक्ष्म तरिकाले बुझ्न मद्दत नै गर्नेछ।







यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।


अन्य समाचार

घरमा स्मार्ट लाइट

घरमा स्मार्ट लाइट

घरलाई स्मार्ट बनाउने पहिलो कदम ! ...

के हो वायरलेस चार्जिंग ?

के हो वायरलेस चार्जिंग ?

आजभोलि वायरलेस चार्जिंग स्मार्टफोनको जल्दोबल्दो फिचर बनेको छ । ...

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

ल्यापटप र कम्प्युटर ढिलो खुल्छ ? यस्तो छ समाधान

सुरु सुरुमा फास्ट खुल्ने गरेको कम्प्युटर अहिले आएर ढिलो खुल्न थालेको छ ? कारण थुप्रै हुन सक्छन् । समाधान भने...

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा दुई वा बढी क्यामराको महत्व के ?

स्मार्टफोनमा डबल क्यामरा अहिलेको जल्दो बल्दो ट्रेन्ड बनेको छ ...

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

लन्च भयो रिअलमीका स्मार्टफोनहरु

रिअलमी चाइनिज कम्पनी अप्पोको उप-ब्राण्ड हो जुन सायोमीको मि सिरिज स्मार्टफोनसंग टक्कर लिनका लागि लन्च गरिएको थियो ...

गुगल प्लसको अन्त्य

गुगल प्लसको अन्त्य

सन् २०११ को जुनमा फेसबुक र ट्वीटरलाई टक्कर दिनका लागि गुगलले गुगल प्लस लन्च गरेको थियो ...

९० करोडवटा आइफोनहरु संचालनमा

९० करोडवटा आइफोनहरु संचालनमा

एप्पलका अनुसार हाल विश्वभरमा १ अर्ब ४० करोडवटा एप्पलको लोगो भएको उपकरणहरु संचालनमा छन् ! ...

के हो एन्ड्रोइड गो ?

के हो एन्ड्रोइड गो ?

थोरै मूल्यमा उच्चस्तरीय एन्ड्रोइड अनुभूति ...