१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

‘ए’ डिभिजन लिग विजेता मनाङलाई फिफा अध्यक्ष इन्फान्टिनाको बधाई

काठमाडौं – विश्व फुटबलको सर्वोच्च निकाय (फिफा)का अध्यक्ष जियानी इन्फान्टिनोले शहिद स्मारक ‘ए’ डिभिजन लिगको विजेता मनाङ–मर्स्याङ्दी क्लबलाई बधाई दिएका छन्।

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पालाई शुक्रबार पत्र पठाउँदै फिफा अध्यक्ष इन्फान्टिनोले कीर्तिमानी आठौँ पटक लिग जितेको मनाङलाई शुभकामना सन्देश दिएको एन्फाले जनाएको छ।

फिफा अध्यक्ष इन्फान्टिनोले लिग विजेता टोलीका खेलाडी, प्रशिक्षक, प्राविधिक, व्यवस्थापक र मेडिकल टोलीका सदस्यका साथै सम्पूर्ण खेल प्रशंसकलाई शुभकामना एवं बधाई ज्ञापन गरेका छन्।

फुटबलबाट सकारात्मक सन्देश दिन क्लब र फुटबल संघले खेलेको भूमिकाको प्रशंसा गर्दै फिफा अध्यक्ष इन्फान्टिनोले करिब पाँच वर्षपछि नेपालमा फुटबलको लिग भएकामा खुशी व्यक्त गरेका छन्। गत असोज १३ देखि नेपालमा लिग फुटबल शुरु भइ पुस २४ गते सम्पन्न भएको थियो।

प्रकाशित: ५ माघ २०७५ ०५:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App