१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

प्रधानसेनापतिले भारत भ्रमणमा कार्यालय पाेसाक नै लगाए : नेपाली सेना

काठमाडाैं - नेपाली सेनाले प्रधानसेनापतिको पोसाकलाई लिएर केहि सञ्चार माध्ययममा आएको खबरप्रति आफ्नो ध्यानाकर्षण भएको बताएको छ। भारतको औपचारिक भ्रमण पुरा गरी गत माघ २ गते स्वदेश फर्किएका प्रधानसेनापति, कार्यालय पोसाकमा नै स्वदेश फर्किएका तथा भारतीय सेनाका सैनिक क्याम्प तथा तालिम केन्द्रहरुको समेत भ्रमण कार्यालय पोसाकमा नै भएको सेनाले प्रष्ट पारेको छ।

शुक्रबार प्रेस विज्ञप्ती जारी गर्दै नेपाली सेनाले विगतको प्रचलन अनुसार नै प्रधानसेनापतिले पोसाक लगाएको बताएको छ। साथै उसले फरेज क्याप (टोपी) भारतमा नै छुटेको भन्ने समाचारमा समेत कुनै सत्यता नभएको बताएकाे छ।

भारतीय सेनाको निमन्त्रणामा गत पुस २७ मा भारत भ्रमणमा गएका प्रधानसेनापति पूर्णचन्द्र थापा सेनाको हेलिकोप्टरबाट गत बुधबार स्वदेश फर्किएका थिए।

प्रकाशित: ४ माघ २०७५ ११:४७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App