१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

डा.केसीकाे जीवन रक्षा गर्न माग

काठमाडाैं - विवेकशील नेपाली दलले सत्याग्रहमा रहेका डा. गाेविन्द केसीका माग पुरा गरि उनकाे जीवन रक्षा गर्न माग गरेकाे छ। अनशनको दशौँ दिन पुगिसक्दा समेत सरकारका तर्फबाट उनकाे जीवन रक्षाका लागि कुनै पहल नहुनुले सरकारको चरम गैर–जिम्मेवारीपन र संवेदनविहीनता देखाउने दलकाे ठहर छ।

शुक्रवार प्रेस विज्ञप्ती जारी गर्दै दलले १५ औं सत्याग्रहका बेला डा केसीसँग गरिएका सम्झौता कार्यान्वयन नगरेका कारण यो अवस्था आउनु दुर्भाग्यपूर्ण भएकाे बताएकाे छ। साथै उसले केसीका माग पुरा नभए कडा कदम चाल्ने चेतावनी समेत दिएकाे छ। केसीको सत्याग्रहलाई साथ दिन शनिवार, माईतीघर मण्डलामा शान्तिपूर्ण दवाव कार्यक्रमकाे समेत अायाेजना गरिने भएकाे छ।

यस्तै दलले हालै खोज पत्रकारिता केन्द्र (खोपके) ले विदेशमा शंकास्पद लगानी गर्ने नेपालीहरूको खोजबिन गर्ने क्रममा ज्युरिकको स्विस नेसनल बैङ्कमा मात्र ५२ अर्बभन्दा बढी रकम नेपालीको नाममा रहेको भेट्टाएको विषयमा समेत अाफ्नाे ध्यानाकर्षण भएकाे बताएकाे छ। स्विस बैंकमा जम्मा रकमको अझै मिहिन छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन दलले सरकारसमक्ष जोडदार माग समेत गरेकाे छ। साथै विदेशमा लगानी गरेका भनिएका नेपालीहरूका बारे पनि आवश्यक छानबिन गरी कानुन बमोजिम कारबाहीको लागि दलले माग गरेकाे छ। 'म भ्रष्टाचार गर्दिन र गर्न पनि दिन्न भन्ने प्रधानमन्त्रीको पटकपटकको अभिव्यक्तिलाई हामीले व्यवहारको कसीमा हेर्न चाहेका छौंl' नेपाली दलले उल्लेख गरेकाे छ।

प्रकाशित: ४ माघ २०७५ ०९:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App