१५ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

हनुमानढोका परिसरका फुटपाथ पसल हटाइए

वसन्तपुर क्षेत्रको समस्या समाधानका लागि बनाइएको गठित कार्यदलले हनुमानढोका वरिपरि राखिएको अव्यवस्थित फुटपाथका पसल बुधबार हटाएको छ। फुटपाथले गर्दा सवारी जाम, पर्यटकलाई सास्ती जस्ता समस्या आएपछि  पसलहरू हटाइएको हो।

हनुमान दरबार हेरचाह अड्डाका प्रमुख अरूणा नकर्मीका अनुसार  जुद्ध शालिक, मरुचोक, काउन्टर क्षेत्र, काष्ठमण्डप क्षेत्र, मखनटोल र इन्द्रचोकमा रहेका सबै फुटपाथ पसलहरू हटाइएको छ। तोकिएको निश्चित समयमा मात्रै उनीहरूले पसल राख्न पाउने छन्। ‘अव्यवस्थित पसल हटाएपछि थोरै भए पनि पर्यटकहरु घुम्न सहज हुनेछ,’ उनले भनिन्, ‘पसल हटाएपछि सवारी जामको समस्या पनि अहिले घटेको छ।’

हनुमानढोका दरबार हेरचाह अड्डाले काठमाडौं महानगरपालिका वडा २३ का वडा अध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा वसन्तपुर क्षेत्रमा रहेका समस्या समाधान गर्नको लागि कार्यदल गठन गरेको थियो। समस्या समाधानको लागि महानगरपालिका, नगर प्रहरी, ट्राफिक प्रहरीलगायत सरोकारवालाहरूको उपस्थितिमा कार्यदल गठन गरिएको थियो।

प्रकाशित: ४ माघ २०७५ ०४:१३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App