झुटा रोगहरूको ‘आतंक’

शुक्रबार, ०४ माघ २०७५, ०८ : ३४ ओम बानियाँ

विश्वमा दिनहुँ रोग र रोगीहरू रकेट गतिमा बढिरहेका छन्। पछिल्लो अध्ययनअनुसार विश्वका ९५ प्रतिशत मानिसलाई कुनै न कुनै स्वास्थ्य समस्या छ। अर्को शब्दमा भन्ने हो भने विश्वका २० जना मानिसमध्ये १९ जना मानिसलाई कुनै न कुनै रोग लागेको छ भने १ जना मानिसलाई मात्र कुनै स्वास्थ्य समस्या छैन। रोगीको लेबल पाएका ती १९ जना मानिसहरूले घरमै बसेर वा अस्पतालमा भर्ना भएर, कुनै न कुनै रूपमा उपचार गराइरहेका छन्, औषधि खाइरहेका छन्। त्यसैले अहिले विश्वको स्वास्थ्य खर्च ६.५ ट्रिलियन डलर अर्थात् ७,३०१ खर्ब पुग्नु कुनै अनौठो कुरा भएन।

विश्वव्यापीरूपमा यसरी रोग र रोगीहरू बढ्नुको प्रमुख कारण भागदौड र भीडभाडको जीवन, अप्राकृतिक आहारविहार र प्रदूषित वातावरण त हो नै। यसको अतिरिक्त यसरी रोगहरू बढाउनुको अर्को कारण पनि छ, त्यो हो मेडिकल माफियाको नियन्त्रणमा रहेको मेडिसिन बजार।    सुरु बालबालिकाहरूको रोगबाट गरौँ। चकचकेपना कलिला बालबालिकाको प्राकृतिक स्वभाव हो। तर कतिपय बालबालिका बढी नै चकचके, एकछिन पनि एक ठाउँमा बस्न नसक्ने खालका हुन्छन्। बढी चकचके बालबालिकालाई हाम्रो गाउँघरतिर ‘बाख्राको पुच्छर खाएको बालक’ भन्छौँ। तर यस्ता बालकलाई मनोचिकित्सकहरूले चाहिँ ‘एडिएचडी बालक’ भन्छन् र कोकिन जस्तै स्टिम्युलेन्ट ड्रग्स रिटालिन (मिथाइलफेनाडेट) दिन्छन्। ताजा तथ्यांक हेर्ने हो भने अहिले संयुक्त राज्य अमेरिकामा १० मध्य १ बालबालिका एडिएचडीको आतंकमा परेका छन् र ती कलिला बालबालिकाहरूलाई अहिले पनि मनोचिकित्सकहरूले रिटालिन औषधि सेवन गराइरहेका छन्।   तर, एडिएचडीका पिता मानिने प्रसिद्ध मनोचिकित्सक डा. लियोन ईसेनबर्ग स्वयंले नै सन् २००९ मा, मर्नुभन्दा केही दिन अगाडि भनेका थिए, ‘अहिले विश्वका लाखौँ बालबालिकाहरूले एडिएचडीका लागि दिइने रिटालिन खाइरहेका छन्। हजारौँ बालबालिका रिटालिनका कारण मरेका पनि छन्।

त्यसैले जीवनको अन्तिम सासमा मैले यो कुरा स्पष्ट पार्न चाहन्छु, एडिएचडी कुनै मानसिक रोग होइन, यो पूर्णतया काल्पनिक रोग हो। यो रोग मैले पैदा गरेको कल्पनिक रोग हो। रिटालिन बनाउने फार्मासँग रिटालिन नामक औषधि थियो, तर उक्त औषधि कुन रोगका लागि कसलाई दिने भन्ने कुनै आधार थिएन। कम्पनीले मलाई महँगो गाडी दियो, बंगला दियो, पैसा दियो अनि म अमेरिकी साइकेट्रिक डाइग्नोसिस कमिटीको अध्यक्ष हँुदा मैले एडिएचडी नामक मानसिक रोग सृजना गरी उक्त औषधि सिफारिस गरेको हँु। म ठूलो अपराधी हुँ।’

मेडिकल माफियाहरूले यसरी नै वैज्ञानिकदेखि चिकित्सकहरूलाई तथा सरकारी अधिकारीदेखि राजीतिज्ञहरूलाई समेत आर्थिक प्रभोलनमा पारेर अनेक रोगहरू पैदा गरेका छन्। ती झुटा नक्कली रोगहरूबाट मानिसहरू यति आतंकित र भयभित छन् कि रोगबाट मुक्ति पाउने आशामा औषधि सेवन गर्दागर्दै घरखेत त भएकै छ, त्यहीमाथि नयाँ नयाँ स्वास्थ्य समस्याहरू पनि पैदा भएका छन्। एचवान एनवान, निफाह, जिका तथा चिकुनगुन्या आदि जस्ता भाइरसहरूको आतंकको पछाडि पनि यिनै मेडिकल माफियाहरूको हात रहेको विशेषज्ञहरू बताउँछन्। यी भाइरसहरू कहाँबाट आउँछन् ? केही समय आतंक मच्चाइ कहाँ जान्छन् ? फेरि अर्को नामबाट किन आउँछन् ? वास्तवमा यो जनमानसमा आतंक मच्चाएर लुटने षड्यन्त्र भएको बुझ्न गाह्रो छैन।

एक दशक अगाडि रोयल कलेज अफ जनरल प्राक्टिसनर्स युकेका चिकित्सकहरूको एक समूहले ठूला फार्मा कम्पनीहरूले औषधि बिक्री गर्न र बिक्री बढाउन रोगहरू पैदा गर्ने र रोगहरूलाई बढाइचढाइ भयंकर बनाउने गरेको आरोप लगाएका थिए। यो खबर प्रकाशित भएपछि युकेस्थित एक फार्मा उद्योगका प्रवक्ताले कडा शब्दमा यसो भनेका थिए, रोयल कलेज अफ जनरल प्राक्टिसनर्स तर्कशील बिमारी (आर्गुमेनटेटिभ डिजिज) बाट पीडित छन् र हामीसँग यस रोगको पनि औषधि छ।

प्रवक्ताको यस भनाइबाट नै फार्मा कम्पनीहरूको मनोविज्ञान सजिलै बुझ्न सकिन्छ। यसरी फार्मा कम्पनीहरूले सामान्य कारणहरूलाई पनि बिमारीको रूपमा परिभाषित गर्छन् र यसलाई रोगको नाम दिन्छन्, अनि मानिसले यस तथाकथित रोगबाट मुक्त हुन औषधि खान थाल्छन्। रेस्टलेस लेग्स सिन्ड्रोम, फिब्रोम्याल्जिया, अस्टोपेनिया तथा सिफ्ट वर्क डिसअर्डर आदि जस्ता रोगहरू ठूला फार्मा कम्पनीहरूले औषधि बिक्री गर्न पैदा गरेका रोगहरूका केही उदाहरण हुन्।

आज विश्वभर मेडिकल माफियाको जालो यसरी फैलिएको छ कि औषधि उद्योगले विश्वका सबै मानिसलाई रोगीको रूपमा परिभाषित गर्न चाहन्छ र  स्वस्थ मानिसलाई समेत होलबोडी चेक अपसम्म पु-याउँछ  र कुनै न कुनै रोगबाट पीडित देखाउँछ। यदि उसले आफू कुनै रोगबाट पीडित भएको अस्वीकार गर्छ भने, यस्ता मानिसहरूलाई उनीहरूले अस्वीकार विकार (डीडी) को लेबल लगाई मनोचिकित्सक पठाउन सक्छन्।  मानसिक स्वास्थ्य क्षेत्रका केही प्रसिद्ध काल्पनिक रोगहरू जस्तै सामाजिक भय, भाषणको भयका लागि जस्तै मनोचिकित्सकसँग डीडीका लागि पनि पहिलादेखि नै थुप्रै औषधिहरू उपलब्ध छन्।

यस संसार कुनै यस्तो व्यक्ति छ जसलाई पहिलो चोटि भाषण गर्न डर लाग्दैन ? के भाषण गर्न डराउने कुनै मानिस औषधि खाएर निर्धक्क भाषण गर्न सक्छ ? वास्तवमा यो मस्तिष्क रसायनको विकार होइन। मानिसको प्राकृतिक भावनाहरूलाई मस्तिष्क रसायन असन्तुलनका रूपमा पुनः परिभाषित गर्ने ठूला फार्माहरूको बदनियतपुर्ण चलखेल हो। यो खेल ठूला फार्मा कम्पनीद्वारा खेलिने धेरै खेलहरूमध्ये एक हो।  सामाजिक फोबिया तथा भाषणको भयलगायतका थुप्रै तथाकथित मानसिक रोगहरूलाई या त पैदा गरिएको छ, या त नयाँ ब्रान्डका रूपमा पुनः स्वास्थ्य क्षेत्रमा भित्र्याइएको छ भने उच्च रक्तचाप, अस्टियोपोरोसिस, मधुमेह, थाइरोडिज्म, उच्च कोलेस्टोल, चिन्ता तथा डिप्रेसन आदि जस्ता समस्याहरूमाथि चलखेल गरेर औषधि खान नपर्ने व्यक्तिलाई पनि औषधिको लती बनाउने कुकर्म भइरहेको छ। देशविदेशका मेडिकल माफिया र उनीहरूको नियन्त्रणमा रहेका नेपाली शासकहरूले पनि जनताका डा. गोविन्द केसीलाई सुरुदेखि यसरी नै मानसिक रोगी प्रमाणित गराउन खोजेको सर्वविदितै छ। यदि गोविन्द केसीको पछाडि जनसागार हुँदैन्थ्यो भने उहिले नै उनलाई मानसिक अस्पतालका बन्दी बनाइसक्थे, मेडिकल माफियाहरूले।
(लेखक साइकोथेरापिस्ट हुन्।)

 


    








यसमा तपाईको मत

अन्य समाचार

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

एनआरएनएको उम्मेदवारी घोषणा ( भिडियो )

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा कुमार पन्तले उम्मेदवारी घोषणा गरेका छन्। ...

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

बानेश्वरको आइम्याक्स मलमा सेलिब्रेटिको रौनक ( भिडियो )

राजधानीको नयाँ बानेश्वरमा आइप्लेक्स नामको व्यापारिक भवन सञ्चालनमा आएको छ । ...

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमद्वारा थप १३ मुलुकमा डाटा रोमिङ सेवा

नेपाल टेलिकमले गत भदौ २० गतेदेखि भारतमा पुनः संचालनमा ल्याएको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा अब थप १३ मुलुकमा विस्तार गरेको...

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

नियमावली नबन्दा अनुगमनमा अप्ठेरो

सरकारले बजार अनुगमनलाई तीव्रता दिने भनिरहँदा यसलाई नियमन गर्न बनेको उपभोक्ता संरक्षण ऐन २०७५ कार्यान्वयनको अवस्था कमजोर छ । ...

टिभिएसको ह्विली बिट्स

टिभिएसको ह्विली बिट्स

नेपालको लागि टिभिएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले ग्राहकलक्षित ‘टिभिएस दसैंको दौड’ स्किम लागू गरेको छ । ...

टान कार्यसमितिको पदबहाली

टान कार्यसमितिको पदबहाली

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को ४१औं वार्षिक साधारणसभाबाट निर्वाचित नयाँ कार्यसमितिका पदाधिकारीले पदभार ग्रहण गरेका छन् । ...

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु एक्सटेन्सन काउन्टर थपियो

प्रभु बैंकले उर्लाबारी नगरपालिकास्थित मदन भण्डारी मेमोरियल ऐकेडेमीमा  एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया र लोक सेवा आयोगबीच सम्झौता

एनआइसी एसिया बैंक र लोक सेवा आयोगबीच राजस्व संकलनसम्बन्धी सम्झौता भएको छ । ...

Ncell Footer Ad