१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

खाँडोको बाढी सकरपुरा पस्यो, १ सय २५ घर डुवानमा

सुन्दरी तथा महुली खोलाको बाढीले कटान गरेको चन्द्रनहरको गाईड बाँध।

राजविराज–केही दिनदेखि परेको अविरल बर्षाका कारण खाँडो नदीमा आएको बाढीले सप्तरीको दक्षिणमा पर्ने सकपुरा गाविसको वडा नम्बर ६ र ७ का एक सय २५ बढी घर डुवानमा परेका छन्।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी कार्यालय सप्तरीले गराएको जानकारी अनुसार सकरपुरा गाविस–६ स्थित बाँध कटान गरेर बाढी गाउँ तिर पसेको हो। बाँधसँगै उक्त स्थानमा रहेको झण्डै ५ विघा जति खेती योग्य जमिनसमेत नदीले कटान गरेको प्रहरीकोले जनाएको छ ।
बाढीको पानी हाल गाउँ छिरेको र गाउँका झण्डै १ सय २५ जति घरमा २ फिटसम्म पानी रहेको प्रहरी नायव उपरीक्षक दानबहादुर कार्कीले जानकारी गराए । बाढीले तिलाठी–हनुमाननगर सडक २ किलोमिटर कटान गरेको कार्कीको भनाइ छ।
बाढीबाट राहत तथा उद्दार र  बाँध मर्मतका कार्यका लागि हाल जिल्ला प्रहरी कार्यालय सप्तरीबाट प्रहरी निरीक्षको कमाण्डमा १५ जना, तिलाठी प्रहरी चौकीबाट प्रहरी हबलदारको कमाण्डमा ५ जना तथा तिलाठीस्थित बोर्डर आउट पोष्टवाट सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा २० जनाको टोली घटना स्थलमा खटाइएको नायव उपरीक्षक कार्कीले जनाए।
 

चन्द्रनहर कटान

यसैबीचसप्तरीको उत्तरी भेगमा रहेको महुली तथा सुन्दरी खोलामा आएको बाढीले मुलुककै पहिलो सिँचाई प्रणाली चन्द्र नहरको गाइड बाँधलाई तीन ठाउँमा कटान गरी क्षति पुर्याएको छ। कोसी पम्प चन्द्र नहर सिँचाई डिभिजन कार्यालय राजविराजका प्रमुख प्रसुन्न मिश्रले गराएको जानकारी अनुसार बाढीले सप्तकोसी नगरपालिकास्थित तुलसी चोकमा २० मिटर, कञ्चनरुप नगरपालिकाको रघुनाथपुरमा ७० मिटर तथा त्रिकोल गाविस स्थित खण्डमा १ सय ७० मिटर जति नहरको बाँध कटान भएको छ।
    अविरल बर्षा भईरहेका कारण तत्काल बाँध मर्मत कार्य थाल्न नसकिएको बताउँदै डिभिजन प्रमुख मिश्रले बर्षा रोकिए लगत्तै मर्मत कार्य थाल्ने वताए । राणा प्रधानमन्त्री चन्द्र शमशेरकै पालामा चन्द्र नहरको निर्माण गरिएको हो। राज्यको उदासिनताका कारण मुलुककै पुरानो नहरको दुर्दशा भएको स्थानीयको टिप्पणी छ । सप्तरी सिंचाई मन्त्री उमेशकुमार यादवको गृह जिल्ला पनि हो।

 

प्रकाशित: ११ असार २०७३ ०७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App