१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

भाजपा अध्यक्षलाई स्वाइन फ्लू

नयाँदिल्ली– भारतको सत्तारुढ दल भारतीय जनता पार्टीका केन्द्रीय अध्यक्ष अमित शाहलाई स्वाइन फ्लू लागेको छ। भारतीय सञ्चारमाध्यमका अनुसार बुधवार राती ९ बजेतिर उपचारका लागि एम्स अस्पताल भर्ना गरिएको छ।

उनले ट्वीटरमार्फत आफू अस्वस्थ रहेको जानकारी दिएका छन। ‘मलाई स्वाइन फ्लू लागेको छ, जसको उपचार चलिरहेको छ। ईश्वरको कृपा, तपाईहरु सबैको माया र शुभकामनाले शीघ्र स्वस्थ हुनेछु’, उनले ट्वीटरमा लेखेका छन्। अध्यक्ष शाहको ट्वीटपछि केन्द्र सरकारका गृहमन्त्री राजनाथ सिंहले ट्वीटरमा शिघ्र स्वास्थ्यलाभको कामना गरेका छन्। 

उता नरेन्द्र मोदी सरकारका अर्थमन्त्री अरुण जेटली पनि विरामी छन्। ६६ वर्षीय जेटलीको अमेरिकामा उपचार भइरहेको छ। भारतीय कांग्रेसका अध्यक्ष राहुल गान्धीले जेटलको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आफ्नो पार्टी यो कठिन समयमा उनको परिवारको साथमा रहेको कुरा ट्वीटरमा उल्लेख गरेका छन्।

प्रकाशित: ३ माघ २०७५ ०६:२१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App