१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

दिदीबहिनी कप माघको अन्तिम साता

काठमाडौं  – तेस्रो दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता माघको अन्तिम साता हुने भएको छ। पर्वतको कुस्मामा हुने प्रतियोगिता माघ २८ देखि फागुन १ गतेसम्म चल्ने आयोजकले जनाएको छ।

प्रतियोगितामा आयोजक एक टोली, तीन विभागीय टोली त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र एपिएफ तथा न्यु डायमन्ड एकेडेमी र पश्चिमाञ्चलको एक टोली गरी कुल ६ टोलीको सहभागिता रहनेछ। आयोजक कमिटीकी अध्यक्ष कल्पना चापागाईले प्रतियोगितामा थप दुई टोलीलाई सहभागी गराउन छलफल जारी रहेको बताइन्। प्रतियोगितामा सहभागी टोलीलाई २ समूहमा विभाजन गरी लिग कम नकआउट पद्धतिमा खेलाइनेछ, जसबाट समूहको शीर्ष दुई टोली

सेमिफाइनलमा प्रवेश गर्नेछन्। प्रतियोगिताकै दौरान जनप्रतिनिधि र सञ्चारकर्मीबीच मैत्रीपूर्ण भलिबल हुने आयोजकले जनाएको छ। ‘पहिलो पटक प्रतियोगिता आयोजना गर्दा हामीले धेरै आलोचना सहनुपरेको थियो,’ चौलागार्इंले भनिन्, ‘तर पनि हामीले प्रतियोगिताका दुई संस्करणको सफलतापूर्वक आयोजना गर्र्दै यस क्रमलाई तेस्रो चरणसम्म निरन्तरता दिएका छाैँ।’

नेपाल भलिबल संघको प्राविधिक सहयोग रहने प्रतियोगिताको विजेता टोलीले नगद २ लाख हात पार्नेछ भने उपविजेता टोलीले १ लाख र तेस्रो स्थानको टोलीले ५० हजार हात पार्नेछन्। प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार तथा उत्कृष्ट सेटर, लिब्रो, स्पाइकर, ब्लक, सर्भर र प्रशिक्षक गरी ६ विधाका विजेताले जनही नगद  ५ हजार हात पार्नेछन्। त्यस्तै सोही अवसरमा खुला दौडसमेत हुनेछ। दौडतर्फका विजेताले नगद २५ हजार, दोस्रो स्थानका खेलाडीले १५ र तेस्रो स्थानका खेलाडीले १० हजार हात पार्नेछन्।

कार्यक्रममा बेल्दै नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जनरमण शर्माले स्थानीय स्तरबाट हुने यस्ता प्रतियोगिता तारिफयोग्य भएको भन्दै प्रतियोगितामा आफूहरू सहयोग गर्न तयार रहेको बताए।

प्रकाशित: ३ माघ २०७५ ०४:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App